header 2

बाबुराम-उपेन्द्र र देउवाबीच भेटवार्ता

Sagar Adhikari
बाबुराम-उपेन्द्र र देउवाबीच भेटवार्ता
Sagar Adhikari

वर्तमान राजनीतिक परिस्थितिबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । जसपा संघीय परिषद अध्यक्ष  भट्टराई र अध्यक्ष यादव देउवालाई भेट्न बुधबार बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठ स्रोतका अनुसार भेटमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा  देउवा, भट्टराई र यादवबीच करिब एक घण्टा छलफल भएको थियो ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा र भट्टराईसँग छुट्टाछुट्टै भेटेपछि बुधबार उनीहरुबीच छलफल भएको हो । भेटमा वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्प दिने विषयमा देउवालाई अग्रसरताका लिन भट्टराई र यादवले आग्रह गरेको स्रोतको भनाई छ । जवाफमा देउवाले पार्टी वैकल्पिक सरकारको पक्षमा उभिने संस्थागत निर्णय गराउन भट्टराई र यादवलाई भनेका थिए । भट्टराई र यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भएपनि जसपा वैकल्पिक सरकारको पक्षमा उभिने विश्वास दिलाएका थिए ।

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया