header 2

आफ्नै बिहेमा बेहुला निदाए

Sagar Adhikari
आफ्नै बिहेमा बेहुला निदाए
Sagar Adhikari


साउन-३,एजेन्सी । आफ्नै विवाहमा बेहुला निदाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतको एउटा गाउँमा भएको विवाहमा बेहुला नै निदाएको भिडियो भाइरल भइरहेको हो ।

वरमालाको कुर्सीमा बस्दाबस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएकाहरुले उनलाई उठाउने कोसिस गरेका छन् । तर, ती व्यक्तिहरुले उठाउन खोज्दा पनि उनको निद्रा खुलेन । उनी कुम्भकर्ण जसरी गहिरो निद्रामा थिए । उनीसँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन् ।भारतमा विवाह हुँदाका विभिन्न खाले भिडियोहरू समय समयमा भाइरल भइरहेका हुन्छन् ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया