header 2
Sagar Adhikari
मुक्तक
Sagar Adhikari

गोठाला काशिरामका तीन मुक्तक

 

१#मुक्तक 
गर्नुपर्छ  बलियो अठोट, सहनु पर्छ
बरु जतिसुकै होस खोट, सहनु पर्छ
जिन्दगीको  आकार बदल्नु छ भने
पिटिनु  पर्छ  हरेक चोट, सहनु पर्छ 

२#मुक्तक 
बाध्यता पर्नेछ छाडी,जानै पर्नेछ 
बेलैमा  चढेर  गाडी, जानै पर्नेछ 
तिमी  यति धेरै  प्रेम  नगर प्रिया
म त गरिब हुँ  खाडी, जानै पर्नेछ 

३#मुक्तक 
हनुपर्छ कडा अभिनय, देखाउनु पर्छ
गर्नुपर्छ आफ्नो बिजय, देखाउनु पर्छ 
कुरा काटेर  खुट्टा तान्ने ती दुष्टहरूलाइ 
आफुले  आफ्नो  समय ,देखाउनु पर्छ 

काशिराम रिमाल,
ढाकारी गाउँपालिका,रिमा-१अछाम
हाल-भारत

 

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया