header 2

‘बालिका वधु’की अभिनेत्री ‘दादी सा’को निधन

Sagar Adhikari
‘बालिका वधु’की अभिनेत्री ‘दादी सा’को निधन
Sagar Adhikari


साउन-१,एजेन्सी । भारतीय टेलिभिजन सिरियल ‘बालिका वधु’ की ‘दादी सा’ को कार्डियक अरेस्टका कारण निधन भएको छ । चर्चित अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षको उमेरमा निधन भएको हो ।

फिल्म ‘बधाई’ पछि कुनै पनि ठूला प्रोजेक्टमा काम नगरेकी अभिनेत्री सीकरीले महाराष्ट्र सरकारसँग ६५ वर्षभन्दा बढी उमेरका कलाकारका लागि सुटिङ गर्न नरोक्न माग समेत गरेकी थिइन् ।उनलाई सन् २०१८ मा ‘महाबलेश्वर’ को सुटिङका क्रममा मस्तिष्कघात भएको थियो । जसको कारण लडेर उनको निधारमा चोट समेत लागेको थियो । प्यारालाइसिस समेत भएकी उनी केही समयको उपचारपछि निको भएकी थिइन् ।

लकडाउनको समयमा फेरि उनलाई स्ट्रोक आएको हो । उनलाई केही समयदेखि आइसियुमा राखिएको थियो । उनको मस्तिष्कमा रगत जमेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।सुरेखाले भारतीय फिल्म क्षेत्रमा ५० वर्ष बिताइन् । युपीमा जन्मिएकी उनले सन् १९७१ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।

 

 

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया