header 2

‘फाइटर’मा ऋतिक र दीपिका देखिदै

Sagar Adhikari
‘फाइटर’मा ऋतिक र दीपिका देखिदै
Sagar Adhikari

मुम्बई । अभिनेता ऋतिक रोशन फिल्म ‘ब्यांग ब्यांंग’ र ‘वार’ पछि निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा देखिँदैछन् । फिल्ममा ऋतिकको जोडीका रुपमा दीपिका पादुकोण देखिने भएकी छन् ।

ऋतिक र दीपिका पहिलो पटक जोडीका रुपमा यो फिल्ममा देखिन लागेका हुन् । हालै फिल्मको अफिसियल घोषणा क्रिटिक्स तरण आदर्शले गरेका छन् । फिल्मको रिलिज मिति ३० सेप्टेम्बर २०२२ बताइएको छ ।यो भारतको पहिलो एरियल एक्सन फ्रेन्चाई फाइटर फिल्म हो । फिल्म वायकोम १८ स्टुडियो, ममता आनन्द, रमोन छिब र अंकु पाण्डेले निर्माण गर्न लागेका हुन् ।

विश्वका कयौ लोकेशनमा खिचिने बताइएको फिल्मको कथा सशस्त्र सेनाको देशप्रेम, त्यग र विरतामा आधारित रहनेछ ।
ऋतिकले गत १० जनवरीमा आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको घोषणा गरेका थिए । सो समय फिल्मको एक टिजर समेत सार्वजनिक गरिएको थियो ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया