header 2
Sagar Adhikari
सपनाको कथा अन्तिम भाग
Sagar Adhikari

  -हरी कोइराला


सन्ध्याको बिहेको दिन देखि खै किन किन म अलिक आफैमा परिबर्तित भएजस्तो लाग्यो। जति नि प्रेममा लागेको लागै गरेनी १ दिन अन्त्य त हुनुनै छ तर कसरी? प्रेमको अन्त्य कहाँ गएर सकिन्छ त आखिर, के बिहे नै प्रेमको अन्तिम रुप हो त?? सन्ध्याले भाइ सँग प्रेम गरिन, म प्रतीक्षालाई प्रेम गर्छु। के अब म प्रतीक्षालाई प्रेम गर्छु भनेर भन्न लाई बिहे नै गर्नु पर्ने होलात?? प्रतीक्षाको बिहेको रटले कता कता म आफैलाई सङ्काको घेरामा पारेको थियो। 
         मास्टरको पढाइ सकिएर थेसिस मात्रै बाकीँ रहदा मनमा चलेको आधीँबेरिले मलाई र प्रतीक्षालाई धेरै असर गरेको थियो।म सँग २ वटा बिकल्प बाकीँ थिए, पहिलो त म प्रतीक्षा सँग बिहे गरेर प्रेमको अन्तिम बिन्दु भनिने काम गरुँ वा त उस्लाई छाडेर सधाको लागि उसँग प्रेम गर्ने आदर्सप्रेमी बनुँ।। आखिर यति धेरैनै सोच्नु थियो त मैले उसँग किन प्रेम गरे त?? यो प्रस्नको उत्तर पनि मैले दिन जरुरत छ तर के आधारमा म यस्को उत्तर दिउँ???
     उपन्यासकार नयनराज पाण्ठेको उपन्यास घामकिरीको अनुसार मान्ने हो भने ,प्रेम गर्नु भनेको बेकारको लोचामा फस्नु हो। बास्तबमा प्रेम भन्ने कुरै हुदैन।सन्सारमा यस्को आफ्नै स्वतन्त्र अस्थित्व  छैन। यो त मान्छे भित्रको हर्मोमको करामत हो। हर्मोन बढी भयो, प्रेम गर्न मन लाग्छ।। हर्मोन कम भयो, प्रेम शीत दिक्दार लाग्छ। प्रेम भन्नी चिज अक्सिटाेसिन र डाेपामाईनका कारणले हुने लोचा मात्रै हो।
    बास्तबमा नयनराज सरले भनेजस्तै प्रेमलाई परिभाषित गर्न त म सक्दिन तर पनि यो भन्न सक्छु कि प्रेम सब थोक हो।। पैसाले प्रेम कहिलै गर्न सकिदैन। भन्नहरुले  भन्लान, उ धनी छ, उस्लाई जत्ती पनि केटी हरु प्रेम गर्न सक्छन तर म त्यो मान्दिन, धनलाई देखेर गरेको प्रेम प्रेम नभएर आफ्नो स्वार्थकोलागि अर्कोको ओछ्यानमा सुत्ने काम मात्र हो।।
   उसले न मेरो सम्पती देखेर प्रेम गरि न त  केही अरुनै। सायद स्वास्थ प्रेम भनेको नै यहि हो। दुबै एक अर्को मा निर्भर रहनु। निर्भर कुन अर्थमा रहनु भन्नी कुरा पनि हुन्छ, निर्भर दुबैको  चाहनामा अनि दुबैको प्राप्तिमा।।।
    सन्ध्या साथी वा भनुम बुहारी, भाइ शीत भारत देस लाउर तिर लागिसकेकी थिइन।।  म्यासेन्जरमा बातहरु पनि हुन छाडेका थिए उसँग।। घरबाट बाबुको कल आएपछि त झन निकै ससङ्कित बनेको थिएँ म। एकै चोटि आफ्नै बिहेको निम्ति घर आउन आग्रह गर्नु भाको थियो बुबाले। यो कस्तो समय जो सङ्ग म आफै डराईरहेको थिएँ। प्रतीक्षा मेरो उत्तरको पर्खाईमा थिइ। उस्को बिहेको लागि उस्लाई नि उस्का बाबुआमाले बोलाएको कुरा उस्ले मलाई बताई सकेकी थिई।।  बाबुआमाको सानो स्वर, हुन्न भन्ने पक्षमा म कता बाट हुन्थेँ होला र?  प्रतीक्षा सँग ६ बर्से प्रेम गरेको, उसँग देखेको सपना के थिएँ त ?? के म गएको ६ बर्समा अर्धबेहोसिमा थिएँ त???  अब को ३ दिनमा बिहे हुँदैछ मेरो। यो सँगै मेरो र प्रतीक्षाको ६ बर्से प्रेमकथा धेरै कुराको उत्तर नै नआईकन  पूरा हुन्छ।। केही कुराहरु जानी जानिपनी लेख्न चाहिन। केही आफ्ना भाबनाका कुरा हरु ब्यक्त गर्न सकिन।  भबिस्यमा के होला ?? त्यो थाहा छैन तरपनी मेरो प्रेम कथाको नोटबुक कोईलाई नसम्झिकन सकिन्छ।

  
                    वालिङ बजार हुँदै गल्याङ बजार पुगेर कार रोकिदा सम्म पनि प्रतीकको दिमाग साबिकको जस्तो फ्रेसमा थिएन।  अगाडि अगाडि आफू बढ्दै जादाँ पछाडि  बजेको नौमती बाजाले उस्को मुडलाई झनै खराब पारेको थियोे। गल्याङ पार्टी प्यालेसको जग्यामा बस्नै लाग्दा उस्को दिमागमा "भाग्छु" भन्ने बिचार पनि न आएको होइन् तर पनि उसँग भाग्न सक्ने मुटु कहाँ थियो र। भाग्नै चाहन्थियो उ भने प्रतीक्षाले भगाउन भनेकै बेला उ भगाएर प्रतीक्षालाई सदा का लागि आफ्नो बनाउन सक्थ्यो होला तर भाग्य न उस्को साथमा रयो न प्रतीक्षाको साथमा।। लेखेको पाईन्छ, देखेको पाईन्न भन्या यसै कहाँ कथन छ र????  
  पाउनु मात्रै कहा माया हो र ,गुमाउनु पनि त माया नै हो नि ,प्रतीक्षा प्रतिककी  हुन सकिन अनि उ प्रतीक्षाको  हुन सकेन , तर एकअर्कालाइ माया गर्नबाट रोक्न त कस्ले सक्छ र ,उन्को लागी उनको साचो  प्रेमी को हुन त्यो त भन्न सक्दिन तर प्रतिकको  लागी त उनि नै हुन । प्रतिकको  मन अनि मस्तिष्क मा उन्कै तस्बिर छापिएको छ । 
सायद उस्को माया अन्तिम समय सम्म पनि मेट्न सक्ने छैन प्रतिक।।

" अब बरबधुले बरमाला साटासाट गर्नुस" पन्डित बाजे बोल्छन। मन नलाई नलाई प्रतीक आफ्नी हुनेवाली तिर नजर लाउँछ अनि जुरुक्क उठ्छ।  सङ्गै उस्कि हुनेवाली पनि उठ्छिन।  आश्चर्य चकित पर्छ प्रतीक। मुर्छा पर्छ हो। मुटुको ढुक्ढुकी छिटो छिटो धड्कन्छ। उस्को दिमागमा रहेकी प्रतीक्षालाई १ कै पल्ट उ यसरी हराउँछकि मानुम त्यो बेला उ कसैलाई प्रेम नै गर्थेन। उस्ले देखेको दृश्य उस्लाई सपना देखेजस्तो लाग्छ। तर  सबै कुरा सपना मात्रै कहाँ हुन्छ र?? बिपनामा नै सारा यथार्थ भोगिएको हुन्छ। केही सपनाका कुरा बिपनामा भैदियोस झै लाग्छ अनि केही  नभैदियोस झै लाग्छ। तर सत्य के हो भने यथार्थ आखिरमा बिपनामा नै आएर अन्त्य भैजान्छ।। 
घुम्टाे भित्र कोई अन्जान अनुहार नभएर आफैले देखेको, कयौंपटक दिमागमा अटाएको मान्छेको अनुहार थियो।। जिन्दगीमा यो भन्दा सर्प्राईज सायद कोईलाई नहोला। घुम्टाे भित्रको त्यो अनुहार प्रतीक्षाकि साथी मात्रै के भनुम, आफ्नै साथीको  थियो। उन्को नाम " अन्जली सर्मा " ।।


  नोट:- पाउनु मात्रै कहाँ माया हो र?? गुमाउनु पनि माया नै हो।। फरक तेति मात्रै छ कि कस्लाई पाईन्छ अनि कस्लाई गुमाईन्छ भन्नी कुरा न हो।। लेखेको कुरा नभई हुन्न, देखेको कुरा घरि घरि पाउन नि सकिन्छ।। खासमा बास्तबिकता जिन्दगीको नै यहि हो। कहाँ चाहेको प्रेम सधैं पाईन्छ र?? अझ भन्नू पर्दा त तल्लो मध्यम बर्गमा परिवारमा जन्मेको सन्तानलाई प्रेम गर्ने छुट निकै छ तर तेस्लाई स्वीकार गर्नु अभिसाप बराबर ।  हरेकका चहाना पूरा गर्दा गर्दै आफू सकिएको मेसो पाउन छाडिसकेको हुन्छ तल्लो मध्यम बर्गको सन्तानले। खैर अन्त्यमा लेख्न चाहान्छु 
यस्तै हो जिबन। यस्तै हो जिन्दगी।।।। ✌️

                             !!!समाप्त!!!

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया