header 2

पठाओ तथा टुटल पुन: सन्चालनमा

Sagar Adhikari
पठाओ तथा टुटल पुन: सन्चालनमा
Sagar Adhikari

असार ८, काठमाडौ। कोरोना भाइरसको दोश्रो लहर सुरू भएपछि लागु गरिएको निषेधाज्ञासँगै बन्द भएका पठाओ तथा टुटल सेवाहरू पुनः सुरू भएका छन् ।

काठमाडाैँ उपत्यकामा निषेधाज्ञाको मोडालिटीमा परिवर्तन भएसँगै आजबाट पठाओ तथा टुटल सेवा पुनः सुरू भएका हुन् ।

पछिल्लो समय सरकारले असार ८ गतेदेखि जोर–विजोर प्रणालीमा निजी सवारी साधनसँगै भाडाका ट्याक्सीलाई समेत चल्न दिने निर्णय गरेसँगै आजबाट यी कम्पनीहरुले पनि आफ्नो सेवा सुरु गरेका हुन् ।

काठमाडाैँ उपत्यकामा सहज यात्राका लागि पठाओ र टुटल लोकप्रीय छन् ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया