header 2

आङ सान सुकि विरुद्ध भ्रष्टाचारको थप मुद्दा

Sagar Adhikari
आङ सान सुकि विरुद्ध भ्रष्टाचारको थप मुद्दा
Sagar Adhikari

 

 जेठ २७, एजेन्सी। म्यानमारकी नेतृ अङ सान सुकीले भ्रष्टाचारका थप अभियोगहरु सामना गर्नुपर्ने भएको छ । सुकी विरुद्ध औपचारिक सुनुवाई सुरु हुन केही दिनमात्रै बाँकी छ । सरकारी सञ्चारमाध्यम ग्लोबल न्यु लाइट अफ म्यानमारका अनुसार द खिन कि फाउन्डेसनमा एन्टी–करप्सन कमिसनले गरेको छानबिनपछि नयाँ अभियोगहरु थपिएको हो ।

आफ्नो पदको दुरुपयोग गरेर भ्रस्टाचार गरेकोमा उनी दोषी पाइएको कमिसनले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । कमिसनले यसअघि यांगुन क्षेत्रका पूर्व मुख्यमन्त्रीसँग ६ लाख डलर र सुन लिएको अभियोग सुकी विरुद्ध लगाएको थियो । त्यस्तै, फाउन्डेसनको अध्यक्ष रहेका बेला सुकीले सम्पत्ति र जग्गा लिजमा दिने क्रममा अनियमितता गरेको अभियोग पनि छ । 

अन्य धेरै अधिकारीहरु पनि जमिनको इजाजत दिने क्रममा दोषी पाइएको प्रतिवेदनमा उल्लेख छ । ती व्यक्तिहरु विरुद्ध मुद्दा अघि बनाइसकिएको प्रतिवेदनले जनाएको छ ।  फेब्रुअरी १ मा सुकी र उनको सरकारका वरिष्ठ सदस्यहरुलाई सेनाले हिरासतमा लिएको थियो । यही दिन सेनाप्रमुख मिन अङ ह्लाइङले सत्ता कब्जा गरे । त्यसयता म्यानमारमा महिनौंसम्म प्रदर्शन चर्किएको छ । घटनालाई नियालिरहेको एसिस्टेन्ट एशोसियसन फर पोलिटिकल प्रिजनर्सका अनुसार अहिलेसम्म ८ सय ५० भन्दा धेरै व्यक्तिले भिडन्तमा ज्यान गुमाइसकेका छन् ।

सुकीमाथि यसअघि नै लाइसेन्स बिना वाकटकीहरु राखेको,कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएका नियम तोडेको, उपनिवेशकाल देखिको देशको आधिकारीक गोप्य ऐन तोडेको लगायत मुद्दा लागेको छ । सोमबारबाट उनको सुनुवाई हुँदैछ ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया