header 2

खतरनाक गतिविधि गरे जवाफ फर्काउन, पुटिनलाई बाईनले दिए चेतावनी

Sagar Adhikari
खतरनाक गतिविधि गरे जवाफ फर्काउन, पुटिनलाई बाईनले दिए चेतावनी
Sagar Adhikari

 

 

जेठ २७, एजेन्सी। अमेरिकी राष्ट्रपति जा बाइडेनले  ‘खतरनाक गतिविधि’ मा संलग्न रहे रुसलाई जवाफ फर्काइने चेतावनी दिएका छन् ।बुधबार आरएएफ मिल्डनहल एयरबेसमा अमेरिकी सैनिक र सैनिक परिवारलाई सम्बोधन गर्दै बाइडेनले पुटिनलाई स्पष्ट सन्देश दिने  बताए ।

 ‘हामीले रुससँग द्वन्द्व चाहेका छैनौं,’ उनले भने,‘हामी स्थिर सम्बन्ध चाहन्छौं । तर यदी रुसी सरकार खतरनाक गतिविधिमा संलग्न भएमा अमेरिकाले अर्थपूर्ण ढंगले जवाफ फर्काउनेछ भन्नेमा म स्पष्ट छु,’ बाइडेनले भने । युरोप भ्रमणका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि भेट्ने कार्यक्रम छ ।

बेलायत यात्रा सुरु 
उनले बेलायतबाट युरोप भ्रमण सुरु गरेका छन् । आफ्नो मनसाय अमेरिकी सहयोगी बेलायतसँग सुदृढ सम्बन्ध बनाउनु रहेको पनि उनले स्पष्ट पारेका छन् । ट्रम्प कार्यकालमा यो सम्बन्ध केही बिग्रिएको थियो ।
भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई भेटेर नयाँ ‘एटलान्टिक चार्टर’ मा सहमति खोज्ने प्रयास बाइडेनले गर्नेछन् । सुरक्षा र जलवायु परिवर्तनसहितका चुनौतीहरुमा केन्द्रीत रहेर तयार गरिएको यो सहमति विस्टन चर्चिल र फ्रयाङलिन रुसभेल्टबीच १९४१ मा भएको सहमतिको नयाँ स्वरुपजस्तै हुने बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

कोरोनाको महामारीले सिर्जना गरेको दबाब र ट्रम्प कार्यकालमा बिग्रिएको सम्बन्धपछि दुई देशहरुले सम्बन्धलाई महत्वपूर्ण रुपमा बढाउन चाहेको बताइएको छ । आफ्नो आठ दिने युरोप भ्रमणका क्रममा बाइडेनले महारानी एलिजावेथलाई विन्डसोर क्यासलमा भेट्नेछन्, उनी जी ७ नेताहरुको बैठक र नाटो सम्मेलनमा सहभागी हुनेछन् । 

यही भ्रमणको अन्त्यमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग स्विचरल्यान्डको जेनेभामा भेट गर्नेछन् । हतियार नियन्त्रण, जलवायु सम्झौता, युक्रेनमा रुसी सैनिकको हस्तक्षेप, रुसको साइबर ह्याकिङ गतिविधि, रुसका विपक्षी नेता एलेक्साई नाभाल्नीलाई हेल हालिएकोलगायत विभिन्न विषयमा बाइडेनले रुसी राष्ट्रपतिसँग पूर्ण छलफल गर्ने ह्वाइटहाउसले जनाएको छ ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया