header 2
Sagar Adhikari
"सपनाको कथा" भाग:-१
Sagar Adhikari


                
                हिडिएको बाटो, जति पर पुगेपनी सकिएको छैन।हर रात, उही पुरानै सपना, त्यो बाटाे  कहाँ पुगेर सकिने होला, थाहा छैन तेस्को अन्त्य हुँदा म अन्त्य भैसक्ने हुम कि। हल्का रात पर्न आटेको हुन्छ, मेरा पैताला हिड्नको लागि तम्तयार। दिमागले नै जाल्झेल गरेर त्यो बाटाे देख्दै नदेखेपनी हुन्थियो नि झै लाग्छ कहिले काहीँ तर तेस्तो कहिलै भएन।  
                            तर १ रातको कुरा, दिमागले साच्चैनै जाल्झेल गरेर मेरो सपनिमा १ वटा प्रेम कथा छर्लङ्ग देखाईदियो। लाग्दै थियो म कुनै चलचित्र मेरो सपनिमा देख्दै छु। बिहान उठेर त्यो सपनी सम्झन खोज्छु, ती सम्बाद हरु सम्झन प्रयास गर्छु तर सक्दिन किनकि बेहोसीको कुरा कहाँ याद गर्न सकिन्छ होला र खै।। तर पनि दिमाग लाई जोड लगाएर सम्झन बाध्य पार्छु जो लेखिनु छ मेरो मोबाईलको नोट प्याडमा।।
        त्रिचन्द्र क्याम्पसको प्राङ्गणको दायाँ तर्फको गगन पार्कमा बैशाखको महिना, हावाहुरि सुस्त सुस्त लागिरहेको छ, पानी पर्न तम्तयार घडिमा दिउँसोको ३ बज्न आँटेको हुदो हो, १ जोडी सर्साेती माताको मुर्ती नीर चुपचाप एकले अर्कोलाई मलिन अनुहारले हेरिरहेका।। सन्सार छोडेर जाने अन्तिम क्षणको प्रतीक्षा जस्तै। दुबैको मुखबाट १ सब्दपनी फुट्न नसकेको, बोलिरहेका छन आँखाहरु अनि चुहाईरहेका आसुका थोपाहरु।। निकै समयको सन्नाटालाई चिर्दै केटाे बोल्छ," भाग्यमा छुट्टिन लेखेको रैछ र कस्को के लाग्छ र? अब दुखी भएर जिन्दगी चलाउन मुस्किल हुन्छ कान्छी, अब खुसी हुन सिक्नु पर्छ र गएका ६ बर्ष बितेका कुरा हरु भुल्नुपर्छ"।। केटिपनी बोल्छे," भुल्नुपर्छ भन्छौ तिमी तर कसरी भुल्न सकिएला र??  ६ बर्सको समय कम हुदैन प्रतीक। भुल ४ बर्से ब्याचलर अनि २ बर्से मास्टरको पढाइ। भुल सब ६ बर्समा घटेका घटनाहरु। भुल बनाईएका साथीहरू । भुल तिमी मलाई अनि मेरो मायालाई"। आसुका धर्सा सरर उस्को डिम्पल परेको गाला बाट भुईमा बिलिन हुन्छ।। प्रतीक बोल्छ," भुल्न सक्दिन तर पनि अब भबिस्य ?" प्रस्न गर्छ अनि फेरि केटि बोल्छे," भगाउ न प्रतीक मलाई तिमी।म तिमिलाई ज्यान भन्दा बढी प्रेम गर्छु।" प्रतीक बोल्छ," म तेस्तो गर्न असमर्थ छु प्रतीक्षा , बाबुआमाको खिलाप म जान सक्दिन। उहाँ हरुले केटिहेरिसक्नु भाको छ रे।" प्रतीक्षा  बोल्छे," अनि तिमिले हेर्योउ कि नाई त?? प्रतीक बोल्छ," नाई, बाबाआमाले जसलाई बिहे गर भन्नू हुन्छ म उसैलाई नै गर्छु"।। प्रतीक्षा  बोल्छे," कस्तो लाछ्छी सङ्ग प्रेम गरेछु, I hate यु प्रतिक.Have a great life." आँखा बाट पुन आसुको भेल भुईमा बिलिन हुन्छ। प्रतिकको मुख थुनिदिएकि हुन्छे प्रतीक्षाले उस्का कुराले अनि उस्का सब्दहरुले। प्रतिकको डेग चल्दैन अनि मुखबाट १ पटक अन्तिम कुरा प्रतीक्षा  लाई भन्छ अनि निस्कन्छ कलेज प्राङ्गणबाट। " प्रेम त बिश्वास हो । प्रेम त्याग पनि त हो । ।कसैलाइ पाउनु र गुमाउनु त  समयको खेल मात्रै त हो ।कसैलाइ नपाउदैमा प्रेम कहा कम हुन्छ र यो त युगौ युग बाचिरहन्छ।यो त सधै  अमर रहन्छ।। I love u  प्रतीक्षा  and will love u forever".
              प्रतीक्षा  सँगको अन्तिम भेटपछिका केही दिन प्रतिकले चुरोट अनि रक्सिको साथमा बितायो अनि फर्कियो आफ्नो गाउँघर। उस सँग बिहे गर्न जस्लाई बाबाआमाले मनपराउनु भएको छ अनि बुहारी सुईकारी सक्नु भाको छ।। प्रतीक सँगको अन्तिम भेटको केही दिनमा नै प्रतीक्षा आफ्नो घर फर्किन्छे उहीँ भबिस्य तस्बिर पनि नहेरेको केटासँग बिहेको निम्ति।। 
                 हप्ता दिन पनि नपुग्दा नपुग्दै प्रतिकलाई प्रतीक्षाको यादले यसरी सतायो कि मानु उ मान्न तयार छ कि उस्को निद्रा पनि उ नै रैछ, उस्को हासो पनि उ नै रैछ अनि अनि बाच्ने साहारा पनि उनै रैछ।। दिनानुदिन निदाउनको निम्ति तेस्रो विश्व युद्ध लड्नु जस्तै रैछ।।जस्मा हार सधैं प्रतिकको नै भैरह्यो।।
                बिहेको लागि ७ दिन बाकीँ, Engagement को अघिल्लो रात।।झस्स मनमा आफू सँग जीवन साथी बन्न लागेकीको तस्बिर हेर्न दिमागले भन्छ तर मनले अझै नि प्रतीक्षालाई कहाँ हटाउन मानिरहेको थियो र? उस्को नाम सोधेर फेसबुकमा सर्च गरेर हेर्न मन नलागेको पनि होइन, किन किन भित्री मनले झस्काई रयो प्रतीक्षाको यादले।।" के गर्दै होलि उ", म जस्तै छ्ट्पटिरहेकी होलि कि नाईं " मनले सम्झन्छ प्रतीक। 
                   "माया दुईतर्फी तरपनी त्यो भाती पिडा मलाई मात्रै" यो पनि भित्री मनको कुरा प्रतिकको। म्यासेन्जर पनि नचलाएको ७ दिन बितिसकेछ।। न उनै प्रतीक्षालाई म्यासेज गर्न सक्छ न उस्लाई प्रतीक्षाको म्यासेज नै आउँछ।। साच्चै उस्को engagement कहिले होला अनि बिहे पनि, फेरि सोच्छ प्रतीक।"कयौं बर्सको प्रेमको बिदाई हुँदै थियो बैशाख महिनामा। १ कै महिना, २ छुट्टाछुट्टै  नयाँ अपरिचित सँग सम्बन्ध । नया जीवन सुरु गर्नु पर्ने। कस्तो बिडम्बना दुबैको लागि।। दुबै खुसी छैनन अनि बाकी २ लाईपनी खुसी अबस्य दिन सक्ने छैनन"। मेरो मानस पटलले निद्रामा बोलेका कुराहरु।।।
                आधीँखोला सुसाईरहेकी, हिउँद महिनामा बुढेसकालले छोप्छ अनि वर्षा मौसममा आफ्नो रुप देखाउँछिन यौवनले मत्त १८ बर्सिय नारी जस्तै। प्रतिकको घरको २० मिटर दुरिमा आफ्नो बाटाे समाउँदै कालीगण्डकीमा गएर आफ्ना दुख सुख सब पोख्छिन।। आधिँजस्तै बहन मन छ प्रतिकलाई पनि , दुख सुख फेरि पनि प्रतीक्षा सँग साट्नु छ उस्लाई। ब्याचलर देखि मास्टर लेभल नसकिने सम्म हरेक कुराहरु सानो देखि ठुलो प्रतीक्षालाई सेयर गर्ने बानी अब उस्को छुट्दै छ।।पहिले कुनै बेला  दुखको बेला भगवानले साथ नदिएको कारण आझ पनि उ भगवानलाई कत्ती पनि सम्झन चाहान्न।। घरको बाल्कनी मा बसेर घरी आधीखोला तिर निह्याल छ उ त घरी आकास तिर फर्केर आफ्ना रातका प्रहर कटाउँछ।। यो रात बित्दै नबितेपनि हुन्थियो नि झै उस्लाई मनमा लागि रह्यो तर समय कहाँ रोकिन्थियो र?? उस्तै बेगमा दौडिरयो।। रातिको ११ बजेको हुदो हो, भोलीको लागि तयारि सकेर सब जाना सुत्न आफ्नो खाट तर्फ लागिसकेका थिए। उसको चहाना पनि तेहि नै थियो

उसको चहाना पनि तेहि नै थियो। कोठामा राखेको आफ्नो झोला बाट १ खिल्ली मार्बोलो चुरोट झिक्छ अनि लाईटर हातमा बोकेर पुन बाल्कोनीमा पुग्छ। यता उता नजर फ्याक्छ अनि चुरोटमा आगो लगाउँछ।।
            रातिको ३ बजे, आँखा दुखेजस्तो महसुस हुन्छ प्रतिकलाई। "बेकारमा धेरै उसैलाई नै सोचेर नि के फाईदा, उस्ले याद नै गर्दिन भने मेरो दिमागलाई धेरै किन जोड दिउँ र" सोच्छ प्रतीक। "जबर्जस्ती भएपनि अब यादहरु मेटाउनु पर्छ अनि आउने बिहानबाट अब आफ्नो नयाँ सन्सार सुरु गर्नु पर्छ मैले" मनले नचाहिँ नचाही प्रतिकले सोच्छ अनि बैशाखको गर्मीमा पनि ब्याङ्केट उडेर खाटमा पल्टन्छ।।।।
             बिहान ७ बजे तिरको कुरा, घरमा चर्को चर्को गाईगुई हल्ला चलिरहेको थियो। रातिको अनिदोले आँखा राता राता भएका थिए, खाँटबाट उठ्न कत्ती जागर चलेको थिएन।। स्यानी ममि चिया बोकेर प्रतिकको रुममा प्रबेस गर्नुहुन्छ अनि प्रतिकलाई दिनुहुन्छ।। गाईगुई हल्लाको कुरा के रैछ बुझ्नको निम्ति प्रतीक स्यानिममिलाई सोध्छ," ममि, बिहान बिहान हल्ला चाहिँ के को??" "लौ तलाई थाहा छैन?" स्यानी ममि बोल्नु हुन्छ।। "बल्ल त उठ्या , के कुरा हो भन्नुस न?" प्रतीक कुरा जान्नको लागि ममिलाई कर गर्छ।। " तेरो हुनेवालिको घर तिर सुत्केरा पर्यो रे,११ दिनलाई सर्यो सबैकुरा " कुरा सकेर ममि मुस्कुराउनु भो। प्रतिकलाई गरुङ्गो ढुङ्गा शरीरबाट  फ्याके जस्तो भो।लामो सास फेर्यो। कम्तिमा ११ दिनलाई भए प्रतीक्षालाई अझै सम्झन पाउने भयो प्रतीक, सम्पर्क स्थापित गर्न पाउनी भयो, ११ दिनमा जे पनि हुनसक्छ, पृथ्वी धोस्त पनि हुन सक्छ, उ आफै पनि मरेर जान सक्छ, प्रतीक्षा उस्कि पनि हुन सक्छे हुन त पहिलै पनि हुन सक्थी उस्ले आफ्नो अडान नलिगेको भए, जे पनि हुन सक्ला तर असुभ केही नहोस् ।।
               प्रतिकलाई अबको ११ दिन प्रतीक्षालाई सम्झन मन छ, उसँग बिताएका हरेक पल याद गर्न मन छ तर कसरी??? झोलामा रहेको डायरी झिक्छ सँगै कालो पेन पनि। आफ्नो प्रेमकहानी लेख्न सुरुगर्न खोज्छ, सक्दैन।धेरै पानाहरु च्यातिन्छन तर उस्को प्रेमकथा सुरु हुँदैन । फलस्वरूप साथिहरुको याद आउँछ उस्लाई जस्का माध्यममा बाट उस्को प्रेम जीवन सुरु भएको थियो।
                      Bsc.प्रथम बर्स सुरु भएको २ महिना बित्न लागिसकेको थियो। कलेज लाईफ बुझ्ने प्रयास गर्दै थिएँ म। केही थान साथिहरुपनी बनाईसकेको थिएँ।। पछि सम्म गएर २ जना भन्दा बढी घनिष्ठ हुन सकेनन साथीहरु। धेरैका नम्बर हरु सेभ छन अझै पनि मोबाईलमा, अलि अलि फेसबुकमा साथी अनि २ जाना जति दिमागमा।।  दिमागमा रहेका बाचुन्जेल प्रतीक्षा जस्तै रहिरहने छन भने अरु त केही समयका लागि पाहुना सरह। भेटे नजिक, नभेटे सदाकोलागि बाई।। 
            त्रिचन्द्र क्याम्पसमा  प्रथम बर्समा २ सेक्सन हरु थिए बायो ग्रुपको निम्ति।  तल्लो सेक्सनमा विद्यार्थी भरिभराउ हुन्थे त माथिल्लो सेक्सनमा जस्को नाम थियो Environmental नियु तेस्मा करिब करिब ५० जना विद्यार्थी। जति कम विद्यार्थी उति सरले पढायको बुझिन्थियो अनि हल्ला पनि कम नै हुन्थ्यो।। एक बेन्चिमा ५ जाना जति बस्थे विद्यार्थीहरु। मुस्किलले २ वटा पृयण तेस्पछी त उहीँ गगनपार्कमा गफ चुट्ने,होटलमा बसेर चिया सेल खाने अनि १२ बजेपछी रुममा फर्कने।। सधैंको दैनिकी उहीँ सनिवार बाहेक।।
            १दिनको कुरो,  म सहित ५ जाना साथिहरु होटलमा बसेर चिया अनि सेल रोटी खादैँथियौ। होटेल सबै विद्यार्थीले भरी भराउ थियो।विभिन्न ग्रुपका बिध्यार्थीहरु।। सायद बायो ग्रुपका हामी मात्रै थियाै १ वटा टेबुलमा।। १ हुल ५-७ जना जति केटिका

 

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया