header 2
Sagar Adhikari
हुन्छ किन यस्तो विभेद?
Sagar Adhikari

कोही हुन्छन् गोरा, त कोही काला कोही हुन्छन् धनी, त कोही गरिब कोही हुन्छन् माथिल्लो जातका, त कोही तल्लो जातका कोही हुन्छन् ठूला, त कोही साना कोही हुन्छन् सबलाङ्ग, त कोही अपाङ्ग कोही हुन्छन् पुरुष, त कोही महिला कोही हुन्छन् छोरा, त कोही छोरी कोही हुन्छन् शान्त, त कोही रिसाहा कोही हुन्छन् धरमात्मा, त कोही पापी कोही हुन्छन् आस्तिक, त कोही नास्तिक कोही हुन्छन् खुसी, त कोही दुखी कोही हुन्छन् मनका धनी, त कोही धनका धनी।

केवल यी सब हुन् फरक मानिसको सोच, विचार अनि धारणा मात्र 
गोरा र काला हुन् फरक वर्णको 
धनी र गरिब हुन् फरक आर्थिक अवस्थाको 
माथिल्लो जात र तल्लो जात हुन् फरक संर्किण सोचको
ठूला र साना हुन् फरक बनोटको 
सबलाङ्ग र अपाङ्ग हुन् फरक शारीरिक अवस्थाको 
पुरुष र महिला हुन् फरक लिङ्गको
छोरा र छोरी हुन् फरक लैङ्गिक विभेदको
शान्त र रिसाहा हुन् फरक स्वभावको 
धरमात्मा र पापी हुन् फरक धार्मिक दृष्टिले
आस्तिक र नास्तिक हुन् फरक ईश्वरप्रतिको आस्था 
खुसी र दुखी हुन् फरक मनको भावना  
मनका धनी र धनका धनी हुन् फरक मनको 
यस्ता झिना मसिना कुराहरुमा मात्र अल्झिएर या रुमलिएर 
मानिस मानिसका बीचमा हुन्छ किन यस्तो विभेद? 
यस्ता विभेदले गर्दा हुन्छ सधैँ झगडा, कलह अनि अशान्ति
यसर्थ, न अल्झनु अनि न अल्मलिनु यस्ता झिना मसिना कुराहरुमा
नगर अनि नगरुँ कसैले कसैलाई पनि विभेद
हुन्छ आखिर रगत सबैको रातो नै
केवल यी हुन् सबै यस समाजका मानिसहरुको संकुचित सोच् अनि धारणा मात्र।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया