header 2
Sagar Adhikari
'सपनाको कथा ' भाग:-६
Sagar Adhikari

नोट:- प्रेममा गल्ती हुन्छ कि नाई भनेर धेरैले प्रस्न गर्छन मलाई, जबाफ दिन्छु कि, गल्ती हुने भनेकै प्रेममा हुन्छ जस्तो लाग्छ मलाई। गल्ती नगरिकन लाएको प्रेम,प्रेम नभएर सम्झौता हो।।।

 

-हरी कोइराला,

२० बर्षको उमेरमा प्रतीक्षासँग बसेको प्रेम। अनौठो ढङ्गले, भगवानले नै जोडी मिलाएको जस्तो।। जन्मेको छैठौँ दिनमा भाबिले लेखिएको प्रेमको १ पाना,  प्रतीक्षा। 
प्रतीक्षा सँगको प्रेमले मलाई पुन Bsc. दोस्रो बर्समापनि बिहानी कक्षा भन्दा दिउँसो कक्षा बढी उपस्तिथि बनाउन थालेको थियो। लगभग बिहानी कक्षाको प्राक्टिकल बाहेक मैले अरु कुनै कक्षामा उपस्थित नै भैइन।। साथिहरु अलि अलि पातलिदै गएका थिए। प्रतीक्षालाई चिया तेति मन नपर्ने भएको कारणले मैले पनि चिया पिउन निकै कम गरेको थिएँ। चुरोट त हप्ता दिनमा साथिहरु भेटेमात्रै एक दुई सर्को तान्थेँ मात्रै। बिहान कक्षा लिनको लागि प्रतीक्षा मलाई कति आग्रह गर्थी, मैले मान्दै मानिन उस्को कुरा।। हाम्रो  लागि सधैं गगनपार्क डेटिङ स्पट बनेको थियो।। हामी प्रेममा यसरी चुर्लुम्म डुबिसकेछौं कि थाहा छैन तैरन सकिने थियो कि नाइँ। मेरा हरेक कुरा साना देखि ठुला, आफ्ना भावनाका कुराहरु सब पोख्थेँ म उसलाई। उस्लेपनि मलाई आफ्ना सब कुराहरू बताउँथि।कुरा गर्दै जादा कति पटक प्रतीक्षाले हाम्रो भबिस्यको बारेमा कुरा गर्न चाहि। म भन्थेँ, बर्तमानमा रमाउँन हामी, भबिस्यमा हुनेकुरा भएर नै छाड्छ अनि भबिस्यमा तिमी मेरि अबस्य हुन्छेउ।। उ मेरो कुरा सुनेर मुसुक्क मुस्काउथी, उस्को मुस्कानले घायल हुन्थेँ म।। 
      Ncell ले दिएको रात्रीप्याक  हाम्रो लागि धेरैनै मद्दतगार साबित भएको थियो। थाहा छैन कुरा हरु कसरी जन्मन्थे, हरेक दिन नया नया कुराहरु, अहिले सम्झन पनि सक्दिन कयौंपटकका उसँगका बात हरु।। प्रेमका  बात।। दोस्रो बर्सको परिक्षा सकेर तेस्रो बर्स सुरु भैसकेको थियो। १ वटा रमाईलो घटनाको याद अझैपनि सम्झदा मन नै अर्कै हुन्छ। उसँगको प्रेम अझ पनि प्रगाढ भएर जान्छ। सरिरको मुटुभन्ने भागले अर्कै केही कुराको आवास बनाउछ।। 
       उ अनि म कलेजको केही दिनको बिदाका कारण घर गएका थियौँ। सन्ध्या पनि सँगै लागेकी थिइ। अन्जली पनि। कथा हो सिबरात्रीको दिनको। फाल्गुन २७ गते। महिला तथा कन्या केटिहरुले व्रत बस्ने विशेष दिन। दिउँसो तिर कल गरेको थिएँ उस्लाई। सायद मेरै कलको पर्खाईमा थिइ कि उ, केही सेकेन्डमा नै उस्ले कल रिसिभ गरि, 
" मेरो राजा भन्नुस" 
त्यो दिन खै के मुडमा थिइ उ, राजा भनेर सम्बोधन गर्दै थिइ उ मलाई।। अचम्म परेको भएपनि माया जे भनेर सम्बोधन गरेपनी स्वीकार्ने पक्षमा म। " राजा " शब्द नै यस्तो शब्द हो जुन शब्द कि त आदार गरेर गरिन्छ कि त " धेरै माया गर्ने" वालालाई गरिन्छ।। सायद म उस्ले आदार र माया दुबै गर्ने ब्याक्ती परे हुँला ।।
" कहाँ हो?  एक्लै?" म बोलेँ।।
" नाई म घरमा नै, ममि, दिदी, बहिनी अनि सन्ध्या पनि आकि छे" उस्ले जबाफ दिई।।
" नास्ता, चिया खायोउ त"? 
" उम, आज सिबरात्री, टन्न मासुभात खाको नि"
उस्को कुरा सुनेर हासोँ लाग्यो अनि सोधेँ, 
" के को मासु नि" 
" बङ्गुरको" रिस मिसृत उत्तर फर्काई उस्ले।
हासोँ हासोमै भने," छि! बाहुनकि छोरी भएर बङ्गुरको मासु खान लाज लाउदैन, घरमै पाक्छ हो बङ्गुरको मासु??" 
" जहाँ पाकेनी के भो तनि" अझै रिसकै लबजमा उत्तर फर्काई उ।
" भयो नि, हुनेवालीले बङ्गुर खानी रैछे, मेरि आमाले खसी बाहेक अरु खादिनन अफ्ट्यारो पर्नी भो त मलाई त" मैले  पनि मजाक कै सैलिमा उस्लाई भनेँ।।

रिसले हो वा अरु केहि भएर, झ्याप्पै केही नभनि उस्ले फोन काटि।।।।
मजाकले धेरै नै बिकाल रुप लिएको थियो। धेरै दिन सम्म त उस्लाई फकाउन हम्मे हम्मे नै पर्यो मलाई। घुर्की लगाएर मसँग सोझो उत्तर दिन छाडिसकेकी थिई। दुई हप्ता कटिसकेको थियोे उसँग दोहोरा बातचित नभएको पनि। चैत्र महिना, हावाहुरी लाग्न सुरु गरिसकेको थियो। उस्को कारणले कम हुँदै गएको चिया चुरोट पुन बढ्न थालिसकेको थियो। हरेक चिज नरमाइलो लाउन थालेको थियो। न कोईशीत बोल्न मन लाग्थ्यो त कोईसँग बसेर रमाइलो गर्न नै।।१ प्रकारले भन्ने हो भने मेरो चहाना, ईच्छाहरु सब प्रतीक्षाले लगेकी थिइ आफ्नो रिस अहङ्कार सँगै।।
अन्जली अनि सन्ध्याको म्यासेजको रिप्लाई दिन गार्‍हो मानेको मैले तेहि क्षण थियो होला। पृय साथी बनेका उनिहरुको केही गल्ती नभएपनि उनिहरुको म्यासेज सिन गरेर छाड्दा उनिहरुलाई दुख लाग्नु पनि सोभाबिक कुरा नै थियो। 
सधैं प्रेम बाट टाढा रहिरहन कहाँ सकिन्छ र?? दुई पट्टिको माया पो माया अरु त सब घाम छाँया। हो मेरो पिडालाई प्रतीक्षाको १ वटा कलले घाम छाया बनाईदिएको थियो। हो म फेरि पुरानै प्रतीक बनेको थियो। पुरानै जो साथिहरुलाई नि उस्तै माया अनि आदार गर्छ अनि उहीँ पुरानै जो चिया पिउन कम गरेको छ प्रतीक्षाको निम्ति अनि हो उहीँ पुरानै प्रतीक जो बिहानको कलेज छाडेर प्रतीक्षालाई नजिकबाट निहाल्न दिउँसो कलेज धाउँछ।। ब्लक गरेका अञ्जली अनि सन्ध्याले पुन फेसबुकमा अनब्लक गरेका छन। 
उसँग फोनमा भएका कुराहरु 
"हेल्लो" 
" हेल्लो"
" रिस मोर्या हो कि अझै बाकीँ नै छ?" 
" नया कुरा गर्ने भए गर होइन भने बोल्दिन नि म फेरि" 
" खास, त्यो दिन बाट किन रिसाकी क्या म शीत"
" त्यो कुरा भुल, होइन भने फेरि महिना दिन बोल्दिन नि"
" अब त नबोली बस्न सकौली जस्तो लाग्दैन, माया जो गाढा छ" मुस्कुक्क मुस्कान फ्याक्दै भनेँ।
" जोक नगर न, बच्चालाई धेरै दुखी किन गराम भनेर कल गर्द्या हो नि"
" बच्चालाई अझ कल गर्द्या"   हास्दै जबाफ फर्काएँ।।
" पागल, हास्न पर्दैन"
" प्यारी, भन न , किन रिसाकी" 
" फेरि उही कुरा, झन त्यो दिन १ थोपा पानी पनि नखाई जस्को लागि व्रत बस्या थिएँ , उसैले तेस्तो कुरा गरेसी रिस उठ्दैन त"? 
उस्को कुराले आफैलाई आत्मग्लानी भो। उस्को कुराको उत्तर पनि फर्काउन सकिन। निसब्द भएँ। उप्रतिको माया यसरी सगरमाथाको चुचुरो झै चुलियो कि मानु अब प्रेममा चड्नु पर्ने अब कुनै सिढिनै छैन।
उस्ले मलाई गरेको यो कस्तो प्रेम जहाँ म हरेक पल्ट मजाक नै गरिरहेको हुन्छु।। उ निकैनै सिरियस भैसकेकी थिइ। उ अब रोकिने वाला थिइन। प्रेम जोख्न मिल्दैन तर पनि जोखेको भए उस्ले मलाई अबस्य जित्ने थिइ। जित्ने थिई भन्दा नि जिति सकेकी थिइ।। म जस्तो आबारा, कालो भबिस्य भएको पागल सँग यति विधि प्रेम किन गर्थी?? यो प्रस्न मलाई अझै सम्म पनि मनमा छ अनि उत्तर, उत्तर उस्को मनमा।। उस्ले देखाउने साना साना घुर्की, साना साना रिस म सँग , सबै प्रेमका मात्रै त थिए भन्ने कुरा मैले धेरै पछि थाहा पाएँ ।।। 
"राजा, राजा" उ उताबाट निरन्तर बोलिरहेकी थिई।
झसङ्ग भएँ। कता सोच्न तिर लागेछु।
"होइन यतै छु" जबाफ फर्काएँ।।
त्यो दिन देखि पहिला मैले  कति प्रेम गर्थे उस्लाई थाहा छैन, तर त्यो दिन देखि म उस्लाई सन्सारकै धेरै प्रेम गर्छु।।।


.........कथा अझै बाकीँनै छ है...😊😊😊

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया