header 2

पर्यटनमन्त्री ढकाल दम्पतीमा कोरोना पुष्टि

Sagar Adhikari
पर्यटनमन्त्री ढकाल दम्पतीमा कोरोना पुष्टि
Sagar Adhikari

बैशाख१९, काठमाडाैँ । पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्यटनमन्त्री ढकालले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा उनले आफू र पत्नीलार्इ नै कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

 

आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ, हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ । हामी निवासमा नै आराम गरिरहेका छौँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसभन्दा अघि उर्जामन्त्री टोप बहादुर रायमाझी र नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया