header 2
Sagar Adhikari
"सपनाको कथा" भाग:-५
Sagar Adhikari

-हरी कोइराला, प्रेम के हो?? नसा?? लत ??? वा अरु केही?? म त भन्छु, प्रेम त मनको नसा हो जो लागेपछी जिन्दगी भर छुट्दैन।।।

 
" राजधानी फर्कने कहिले हो?" फोन उठाएर कानमा के पुराउन लागेको थिएँ प्रतीक्षा बोलिहाली।।
अचानक सोच्दै नसोचेको कुरा उस्को कलले मैले केही सोच्नै सकेको थिईन। पहिलेको प्रस्न फेरि दोहोर्याई उसले। " खै, अब पर्सि तिर लाग्छु" जबाफ दिएँ।। 
"तिमी कहिले फर्कनी " भनेर सोध्न मन थियो तर सोधिन्। उताबाट जबाफ "ए " मात्रै आयो अनि कल Disconnect भो।। 

छठपर्बको भोलिपल्ट, सन्ध्याको  कल आयो।। " भोलि जाउँ है काठमाडौ नाईटबसमा, म टिकट काट्छु ३ वटा " सन्ध्या बोली।। "३ जना?" मैले यत्ती मात्रै जबाफ फर्काएँ।। " प्रतीक्षा, तपाईं  अनि म" त्यति भनेर सन्ध्या पनि कलबाट बिदा भई।।  प्रतीक्षा र सन्ध्याले सल्लाह गरेर नै मलाई कल गर्या जस्तो लाग्यो।

हाईबेबाट साँझको बस चड्दा ७:३० बजिसकेको थियो।। सिट नम्बर ७,८,९ नम्बरको टिकट काटेकी छु भनेर सन्ध्याले खबर गरेकी थिइ।। ७ नम्बरको झ्याल तिरको सिटमा सन्ध्या १ अर्धवैश्य महिला सँग मस्त गफमा थिइ।। ८ नम्बर सिटमा प्रतीक्षा मलाई नै पर्खे जसरी झ्याल तिरको सिटमा बसेर मोबाईलको keyboard तर्फ हात चलाईरहेकी थिइ।। अफ्ट्यारो मानी मानी उस्को छेउमा अलग्गै बस्न खोज्दा खोज्दै पनि मेरो शरीर उस्को सरिरसँग छोईन पुग्यो।।। तातो भयो मेरो शरीर।। के गरुम गरुम भो, उठेर अर्को ठाउँमा जाउँ भने सिट पुरै प्याक भैसकेका थिए । सन्ध्याले बुझी बुझी पनि आफू प्रतीक्षा भन्दा भिन्न बसेकी थिई।। प्रतीक्षा निसब्द आफ्नो मोबाईलमा केन्दृत थिई। अफ्ट्यारो लागि लागि म बोले," के छ खबर"। म बोलेको हेक्का पाएर सन्ध्या अगाडिको सिटबाट उठेर मलाई पुर्लुक्क हेरि अनि मन्द मुस्कान फ्याकेर भनी ," ठिकै थिई अगि सम्म त, अब कस्तो छ मेसो छैन"। उस्को उत्तरको आसय बुझ्दा पनि बुझिन । बुझ्नको लागि के भन्या भनेर भन्नै लाग्दा उ आफ्नो स्थानमा यथाईस्थितिमा गैसकेकी थिइ।।

पोखरा पुग्नै लाग्दा मलाई निन्द्राले समात्न लागिसकेको थियो।। प्रतीक्षाको मुखबाट केही सब्दहरु निस्के।। उस्को सुरिलो आवाज कानको जालिसम्म पुगेर ठाेकियो। " १ कल, न म्यासेज,  कल, कता गायब भाको के तिमी" उ बोली।। उस्को कुराको जबाफ मसँग नभए जसरी चुपचाप बसेँ। मन्द मुस्कान फ्याक्दैँ फेरि बोलि उ," म सँग नबोल्नी तिमी" ।  उस्को कुरा जबाफमा सुस्त आवाजमा बोलेँ," बोल्ने केही समयपछी "। "अहिले किन नबोल्नि" उ बोली। मन्द मुस्कान फ्याँक्दै जबाफ फर्काएँ," अहिले मलाई निन्द्रा लाग्या छ, म एकछिन सुत्छु ल तिम्रो कुममा अडेस लाएर?" । " पागल मान्छे, पर्दैन अडेस लाउन" उस्ले ठाडै अस्वीकार गरि ।। " साच्चिकै नबोल्नि म शीत" उस्ले घुर्की लगाई।। " मलाई निन्द्रा लाग्या छ के" म आफ्नो कुरामा अडान लिगेँ।। सिसा खोलेर उ आफ्नो नजर बाहिर तिर फ्याकी।। निन्द्रा भागिसकेको थियो। महिना दिन पछिको भेट मेरो लागि निकै प्यारो थियो। अझ १ वटा सिटमा यात्रा गर्न पाउँला भन्ने कुरा मैले सोचेको पनि थिईन। 
" भनन त, १ महिना कसरी बित्यो तिम्रो?" म बोलेँ।
झ्यालको सिसा लगाउँदै मसित तिर फर्केर उ बोली," आफ्नो सुनाए भैगयो त पहिला"।
मैले पनि मौका नछोडि बोलिहालेँ," बिहान ८ बजे उठेर बेल्कीको १२ बजे सम्म तिम्रै याद गरिरहेँ, हरेक दिन हरेक पल।। सपनीमा चाहिँ तेति देखिन है" । " "गफ हेरन गफ मुन्छेको" उस्ले नपताउने पाराले बोली।  " मनको कुरा अर्या, अब नपाए त म कसो अरुम र?, अनि तिमिले कसरी बितायोउ त महिना दिन??"  म बोले।।।  अलिकती अन्कनाउदै मेरो कुममा टाउको बिसाउदै उ मायालु पाराले बोलि," याद त गरेँ निकै नै , १ वटा म्यासेज पनि नगर्ने निस्ठुरिलाई" । उस्को कुराले यति खुसी लाग्यो कि म सब्दमा बर्णन अर्नै सक्दिन । उ थप्दै गई," बानी पर्या रैछौ हो प्रतीक तिमी त मेरो लागी, तिम्रो लत भनु वा नसा, मायाको नसा भन्दा अलिक सुहाउँदो होला पनि, तिम्रो Chemistry ले मेरो Environmental science लाई जित्न सफल भयो प्रतीक" उ उसै गरि मेरो कुममा टाउको राखेर बोलिरहेकी थिई अनि उस्को कुरा सुनेर म सान्त भएर बसिरहेको थिएँ।।। "अनि दसैं अगाडिको मेरो प्रपोजको रिप्लाई त अझै पाईन त मैले" ठट्टा गरेर बोलेँ मन्द मुस्कान फ्याक्दैँ।। कुमबाट टाउको निकालेर हल्का मुस्कान फ्याक्दै उपनी बोली," I hate u pratik". " आई लभ यु त भन प्रतीक्षा, सुन्न पनि आनन्द लाग्नी" अगाडि बाट सन्ध्या बोली।। उस्ले सब कुरा सुनिरहेकी रैछ। कता कता लाज लागे जस्तो भो।। टाउको तल निउराएँ, प्रतीक्षा पनि झ्यालको सिसा खोलेर बाहिर हेर्न लागि।। सरर चिसो हावा बाताबरणमा बाडिँयो।।।

सन्ध्या आफ्नो स्थानमा फर्किएसी प्रतीक्षा पुन म तिर फर्की।। उस्को अनुहारको भाबले बताईरहे झै लाग्थ्यो कि उ म शीत बोली रहन चाहान्थी।। बसको रफ्तार एक्लेफाटमा आएर बिसाएको थियो।।  प्रतीक्षाले केही खान मन गरिन, सन्ध्याले पनि खाईन।। १क्लै बसबाट झरेर खान खान झर्न मलाई पनि मन लागेन।। 

"चुरोट पिउन मन लागे तानेर आए भो त" मेरो कानमा खुसुक्क बोली फुस्फुसाई प्रतीक्षा। " तैट, के भन्या तिमिले" उस्को कुराले झस्किएछु।। " थाहा छ मलाई, म शीत डराउन पर्दैन, मैले बिनोद, प्रबेस अनि तिमिलाई सँगै बसेर सुर्य उडाको देख्या छु" उ बोली।। 
" चुरोटको नसा के नसा, जुन नसा तिम्रो मायाले दिएको छ" म बोलेँ। " कति बोल्न आउँछ है, लेखक पनि हो क्या तिमी??उस्ले बोली।। हास्दैँ बोलेँ," तेस्तो होइन तर लेख्न मन छ एउटा कृती"। " लेख्छौ अबस्य नै, म साथ दिन्छु नि " कुममा पुन टाउको अडाई उस्ले।। बसले आफ्नो रफ्तार सुरु गर्यो।।।

सन्ध्या र प्रतीक्षा कलङ्कीमा ओर्ले अनि बस बसपार्क तर्फ हानियो।।

to be continued.............☺️

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया