header 2

एस्टाेन भिल्लालाई हराउदै सिटी प्रिमियर लिगकाे उपाधि नजिक

Sagar Adhikari
एस्टाेन भिल्लालाई हराउदै सिटी प्रिमियर लिगकाे उपाधि नजिक
Sagar Adhikari

एस्टोन भिल्लालाई दुई एकले हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । गएराति भिल्ला पार्कमा भएको खेलमा १० खेलाडीमा झरेको सिटीले एन्टोन भिल्लामाथि कठिन जित निकाल्यो । घरेलु मैदानमा एस्टोन भिल्लाले एक गोलको अग्रतालाई जोगाउन सकेन । खेल सुरु भएको २० सेकेण्डमा नै जोन म्यागिनको गोलमा घरेलु टिम एस्टोन भिल्लाले अग्रता बनायो । तर २२ औं मिनेटमा फिल फोडेको गोलमा सिटीले खेल बराबरी गर्न सफल भयो । त्यसपछि ४० औं मिनेटमा सिटीले घरेलु टिम एस्टोन भिल्लाविरुद्ध गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्यायो ।

पहिलो हाफको अन्तिममा सिटी १० खेलाडीमा झर्न पुग्यो । उसका सेन्टर हाफ जोन स्टोन्सले जाकोस राम्सेलाई फल गरेपछि सोझै रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएपनि १० खेलाडीमा झरेको सिटीविरुद्ध दोस्रो हाफको सुरुवातमा नै एस्टोन भिल्लापनि १० खेलाडीमा खुम्चिन पुग्यो । उसका माटी क्यास दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए ।

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र सिटी प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । जितपछि उसले ३३ खेलमा ७७ अंक बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ६६ अंक छ ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया