header 2

ललितपुरमा सवारी दुर्घटना ६ जना घाइते

Sagar Adhikari
ललितपुरमा सवारी दुर्घटना ६ जना घाइते
Sagar Adhikari

बैशाख ९, काठमाडौं ।ललितपुरको ​एकान्तकुमा मिनि ट्रक र हात्ती गाडी एकापसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा मिनि ट्रकमा चालक चाँगुनारायण–८ का २१ वर्षीय राजु टुइँटुइँ र हात्ती गाडीका चालक ललितपुर हरिसिद्धि बस्ने ४४ वर्षीय बाबुशरण महर्जन छन् । अन्य घाइते हात्ती गाडीमा सवार ४ जनाको विवरण नखुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

आज बिहान ६ः१५ बजे एकान्तकुनाबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २० च ४३८७ नम्बरको हात्ती गाडी र बा ५ ख २१९५ नम्बरको मिनि ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया