header 2

कोरोना संक्रमणका कारण पत्रकार अधिकारी को मृत्यु

Sagar Adhikari
कोरोना संक्रमणका कारण पत्रकार  अधिकारी को मृत्यु
Sagar Adhikari

बैशाख ९,दाङ । दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासङ्घ दाङमा निर्वाचनमा मतदान गर्नुभएको थियो । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उहाँलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो । गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समय व्यवसायमा पनि संलग्न थिए । परिवारका एक्ला छोरा अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया