header 2

अभिनेत्री मानन्धर एकान्तबास बस्ने

Sagar Adhikari
अभिनेत्री मानन्धर एकान्तबास बस्ने
Sagar Adhikari

बैसाख ८,काठमाडौंँ । सदाबहार अभिनेत्री करिश्मा मानन्धर एकान्तबास बस्ने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै एकान्तबास बस्ने जानकारी दिएकी हुन् ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ  र अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएकोले उनले केही दिन एकान्तबास गर्ने निर्णय गरेकी हुन् । उनले कन्ट्याक्ट ट्रेसिङमा परेकोबारे भने केही खुलाएकी छैनन्

आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकोले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको छु’ उनले अगाडि लेखेकी छन् ‘दिनहु दुई पटक बाफ लिने गरौ ँ ।’ अभिनेत्री करिश्माले सबैलाई सुरक्षा विधिहरु अनिवार्य रूपमा पालन गर्न समेत अनुरोध गरेकी छन् ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया