header 2

नेपाललाई एक खेल अगाडी नै फाइनल पुग्ने अवसर

Sagar Adhikari
नेपाललाई एक खेल अगाडी नै फाइनल पुग्ने अवसर
Sagar Adhikari

राजधानीमा जारी त्रिकोणात्मक टी २० सिरिजमा आज मलेसिया र नेदरल्याण्ड्स भिड्दै छन् । कीर्तिपुर मैदानमा मध्यान्ह सवा १२ बजे हुने खेलमा नेदरल्याण्ड्स जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्ने दाउँमा हुँदा मलेसिया भने पहिलो जितको खोजिमा हुने छ ।

कोरोना महामारीका कारण अन्य विश्वस्तरका प्रतियोगिता स्थगित भएका बेला नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक सिरिज आयोजना गरेको हो । डबल राउण्ड रोविन लिग अनुसार जारी यो प्रतियोगितामा मलेसियाले लगातार दुई खेलमा पराजय भोगको छ ।

आजको खेलमा मलेसिया पराजित भएमा नेपाल एक खेल अगावै फाइनल पुग्ने छ भने उपाधिका लागि नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने छ । अहिले तीन खेल मध्य नेपालले २ खेलमा जित हात पार्दै शीर्ष स्थानमा आफूलाई राखेको छ ।

यसैगरी नेदरल्याण्डसले पनि २ खेलमा जित हात पार्दा मलेसियाले जितको स्वाद लिएको छैन । समूह चरणको अन्तिम खेल अन्तर्गत नेपालले विहीबार मलेसियासँग खेल्ने छ ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया