header 2

घाेषणा भएको ४८ घण्टापछि नै युरोपियन सुपर लिग ‘सस्पेन्ड’

Sagar Adhikari
घाेषणा भएको ४८ घण्टापछि नै युरोपियन सुपर लिग ‘सस्पेन्ड’
Sagar Adhikari

च्याम्पियन्स लिगलाई टक्कर दिने लक्ष्यका साथै ५६ अर्व डलरको लगानी रहेको भनिएको युरोपियन सुपर लिग घोषणा भएको दुई दिनपछि नै सस्पेन्ड भएको छ । यो लिगका लागि संस्थापक क्लवका रुपमा प्रवेश गरेका ६ वटा प्रिमियर लिगले नाम फिर्ता लिएपछि सुपर लिग हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । प्रिमियर लिग क्लवले सुपर लिगमा जाने निर्णयको निकै विरोध समर्थनले गरेका थिए । यतिसम्म की चेल्सीका समर्थकले खेल भइरहेका बेला रंगशाला बाहिर नारावाजी नै लगाएका थिए । यस्तै लिभरपुलका समर्थकले क्लोप लेखिएको ब्यानर नै हटाएका थिए भने कालो ब्यानर एनफिल्ड बाहिर झुण्ड्याएका थिए । अन्तिममा प्रिमियर लिगका ६ क्लवले विज्ञेप्ती जारी गर्दै अहिलेका लागि यो प्रोजेक्ट सस्पेन्ड भएको बताए । यतिमात्र होइन, ला लिगा क्लव बार्सिलोना र एट्लेटिकोले पनि यो प्रतियोगिताबाट नाम फिर्ता लिने तयारी गरेका छन ।

तर नाम फिर्ता लिदा क्लवले मोटो रकम जरिवाना तिर्नुपर्ने देखिएको छ । अघिल्लो साता सम्झौतामा हस्ताक्षर गर्दा कम्तिमा तीन बर्षसम्म यो प्रतियोगिताबाट बाहिर हुन नपाउने सर्त राखिएको थियो । तर दुई दिनपछि नै नाम फिर्ता लिँदा उनीहरुलाई जरिवाना लाग्ने बताइएको छ ।

सुपर लिगको नाममा युरोपियन फुटबलमा राजनितीको चर्चा चलिरहेका बेला त्यो केहि समयका लागि रोकिएको फुटबल पण्डितहरुले बताएका छन । यसका साथै यो लिगका प्रमुख तथा रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजका लागि एउटा ह्युमिलियसन जस्तै भएको छ ।

सुपर लिग सस्पेन्ड भएपनि युरोपियन फुटबल महासंघले भने निकै खुसी मनाएको छ । यो प्रतियोगिताको विपक्षमा रहेको यूइएफएले सुपर लिग खेल्ने खेलाडीलाई प्रतिबन्ध लगाइने बताएको थियो । साथै सन् २०२४ पछि च्याम्पियन्स लिगको फरम्याट नै परिवर्तन हुने र टिमको संख्या बढाइने निर्णय गरेको थियो ।

अब फेरी यो प्रतियोगिताको अवधारणा लागु होला नहोला त्यो एकिन छैन । तर दुई दिनका लागि भएपनि यो प्रतियोगिताले यूरोपियन फुटबलमा ठूलो तरंग ल्याएको थियो ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया