header 2

२९ लाख डलरमा बिक्यो ट्वीटरका सिइओ ज्याक डोर्सेको पहिलो ट्वीट

Sagar Adhikari
२९ लाख डलरमा बिक्यो ट्वीटरका सिइओ ज्याक डोर्सेको पहिलो ट्वीट
Sagar Adhikari

ट्वीटरका सिइओ ज्याक डोर्सेको पहिलो ट्वीट २९ लाख अमेरिकी डलरमा बिक्री भएको छ। सन् २००६ मार्च २१ मा ज्याकले आफ्नो ट्वीट पोस्ट गरेका थिए, जसमा उनले ट्वीटर चलाइरहेको सामान्य कुरा लेखेका थिए। उनको सो ट्वीट सोमबार मलेसियाका व्यवसायी सिना इस्टाभीले खरिद गरेको बिबिसी बिजनेसले बताएको छ। सिना इस्टाभीले ट्वीट बिटकोइन जस्तै इथर क्राइप्टोकरेन्सीको प्रयोगमा खरिद गरेका हुन्। ट्वीटको बिक्री भ्यालुयबल्स नामक अनलाइन प्लेटफर्ममार्फत अक्सन गरेर भएको थियो। एउटा सामान्य ट्वीटका लागि ठूलो रकम खर्च गरेको भनेर धेरैले व्यवसायी इस्टाभीलाई सामाजिक सञ्जालमा जिस्काइरहेका पनि छन्। उनले भने ज्याकको ट्वीटलाई चर्चित पेन्टिङ मोनालिससँग दाजेका छन्। ‘यो केबल एउटा ट्वीटमात्र होइन,’ उनले भनेका छन्, ‘अबको केही वर्षपछि मानिसहरुले मोनालिसाको पेन्टिङ जसरी यो ट्वीटको पनि सहि मूल्य बुझ्नेछन्।’

बिबिसी बिजनेसका अनुसार सिइओ ज्याकले आफ्नो पहिलो ट्वीट एनएफटीको रुपमा बेचेका हुन्। एनएफटी एउटा डिजिटल प्रमाणपत्र हो जसबाट कुनैपनि फोटो, भिडियो वा अन्य अनलाइन सामाग्रीको स्वामित्व राख्न सकिन्छ।

अब ट्वीटका खरिददार सिना इस्टाभीले एक प्रमाणपत्र प्राप्त गर्नेछन् जसमा ज्याकको डिजिटल हस्ताक्षरको साथै ट्वीटको मेटाडेटामा पनि उल्लेख गरिएको हुन्छ।

ज्याकले आफ्नो पहिलो ट्वीटबाट आएको पैसा बिटकोइनमा रुपान्तरण गरेर अफ्रिका रिस्पोन्स फन्डमा चन्दा दिने बताएका छन्।     

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया