header 2

टोखा नगरपालिका प्रमुख द्वारा मेयर उज्यालो कार्यक्रमको सुरुवात

Sagar Adhikari
टोखा नगरपालिका प्रमुख द्वारा मेयर उज्यालो कार्यक्रमको सुरुवात
Sagar Adhikari

बैशाख ७, काठमाडौ ।टोखा नगरपालिकामा मेयर उज्यालो कार्यक्रम शुरु भएको छ । नगर प्रमुख प्रकाश अधिकारीले सोमबार मेयर उज्यालो कार्यक्रमको टोखामा शुभारम्भ गर्नुभयो ।

टोखा नगरपालिका समग्र नगरलाई उज्यालो बनाउने अभियानमा लागेको नगर प्रमुख अधिकारीले बताउनुभएको छ । नगर प्रमुख अधिकारीले नगरको समग्र विकास र समृद्धिका लागी मेयर उज्यालो कार्यक्रमले सहयोग पुर्याउने पनी बताउनुभएको छ ।

सो अवसरमा नगर प्रमुख अधिकारीले सडक बत्तिको अवलोकन पनी गर्नुभएको थियो ।

मेयर उज्यालो कार्यक्रमको शुभारम्भ कार्यक्रममा टोखा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया