header 2

बैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

Sagar Adhikari
बैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
Sagar Adhikari

कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालयहरु आगामी बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णयसँगै सरकारलाई सिफारिस गरेको जनाइएको छ । अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको जनाइएको छ ।

केही दिनअघि मन्त्रालयले विद्यालय बन्द गर्न सुझाव दिइसकेको छ भने काठमाडौं महानगरपालिकाले पनि कोरोना संक्रमण देखिएका विद्यालयहरु एक हप्ताका लागि बन्द गर्न निर्देशन दिइसकेको छ ।

साथै, पछिल्लो समय उपत्यका तथा सहरी क्षेत्रमा रहेका बालबालिकामा कोरोना संक्रमण देखिन थालेको मन्त्रालयले जनाएको छ । साथै, विद्यालय बन्द गरेर कोरोना संक्रमण रोकथाम गर्ने विषयमा शनिबारको बैठकले आगामी बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले यसअघि नै १४ जिल्लाका विद्यालयमा नजान आग्रह गरिसकेको छ ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया