header 2
Sagar Adhikari
"सपनाको कथा" भाग-:४
Sagar Adhikari

-हरी कोईराला,

 नोट:-माया देखाउन कसरी सकिन्छ र?? यो त भावना न हो जो मनबाट निस्कन्छ।। यो मेरो आफ्नो कुरा हो है😊

प्रतिकको लागि दुखको खबर के छ भनेनी,अब बिहे अनि Engagement एकै दिन हुने भएको छ उस्को।।  थाहानै नपाई बितेका दिनहरु अनि युद्ध लड्नु पर्ने रातहरुले धेरै नै तनाब सिर्जना गरेको छ प्रतिकलाई।।।
            लाईब्रेरी बाट लिएको बुकबाट एउटा पाठको प्यारा ग्राफ देखाउदै प्रतीक्षा बोल्छे," यो पढ त"। उस्ले " तिमिले" को ईसाराले मलाई देखाउँछे।। पहिलो लाईन पढ्छु, लेखिएको छ," Environmental science, interdisciplinary academic field that draws on ecology, geology, meteorology, biology, chemistry, engineering, and physics to study environmental problems and human impacts on the environment." बुझेझैँ गरेर म बोलेँ," बुझेँ"। उस्ले मलाई पढाउनको लागि लाईब्रेरीमा लगेको कत्ती मन परेको थिएन तर पनि म शीत अप्सन के थियो र नै, उस्को पछि पछि, उस्कै कुरामा हस हस भन्दै अनि उस्ले Order  गरेको चियाको चुस्की लिनु बाहेक मसित अरु बिकल्पपनी थिएन नि।। उस्को चक्करमा बिचरा उस्का दुई साथीहरुको माया लाग्थ्यो, अझ त्यो भन्दा नि बढी मेरा साथिहरुको माया ☺️☺️।। बेचरा मेरो चक्करमा बेकारमा दुख पाएका थिए।। उस्का म्यासेजहरु, उस्ले बोलेका सम्बादहरु, उस्ले सेन्ट गरेका अडियो म्यासेज हरु यति प्यारा लाग्थेकि खै सब्दमा वर्णन कसरी गर्न मिल्ला र, निकै आत्मीय जो मेरो मनलाई छोयका थिए।। साहित्यकार हरु सक्छन रे मायाको परिभाषा दिन, तर खै कुन साहित्यकारले दिन सक्थे होलान र मेरो मायाको परिभाषा उप्रतिको ।।।  लैला मज्नुको प्रेम जस्तो नि भन्दिन म, मुना मदनको जस्तो प्रेम हो पनि भन्दिन म तर मेरो प्रेमले त नया नाम लिएको थियो  प्रतीक्षा- प्रतिकको प्रेम।।।  
             " तिमिहरुको घर कता नि" एकदिन मैले प्रतीक्षाको ग्रुपलाई सोधेँ।। " तिम्रो भन पहिले, अनि हाम्रो भन्नी" अन्जलीले मुख खोली।। " स्याङ्जा जिल्ला" म बोलेँ।।  " What" मुख ठूलो बनाएर सन्ध्या बोली।। " के भो र" म बोलेँ।। " हाम्रो नि स्याङ्जा त हो " ३ नै जाना एकसाथ बोले।।। १क छिन त पत्यार नै लागेन।। मजाक गर्या होलान झै लाग्यो तर स्याङ्जाको हरेका ठाउँको बयान उनिहरुले गर्दा नपताउने त कुरै भएन।।।  " ४ जना स्याङ्जालि रछन र पो" हास्दै बिनोद बोल्यो।।। पो पछिको वाक्य उस्ले पूरा गरेन।।। 
         मलाई म्यासेन्जरमा कुरा गर्नको लागि केही बिसय थपिएको थियो।। सन्जोगले घर एउटै जिल्लामा थियो प्रतीक्षाको र मेरो।। उस्को वालिङ् नगरपालिका त मेरो भिरकोट नगरपालिका।।  मैले प्रतीक्षालाई प्रेम गर्ने कुरा राम्रो तरिकाले बुझेका थिए साथिहरुले।।  उनिहरुले त्यो बेला लगाएको गुन मैले कहिलै पनि भुल्ने छैन।  
                   " I love u " प्रेमको प्रस्ताव फेसबुकको म्यासेन्जर बाट मैले होईन टाईप गरेकोपनि , प्रबेसको शब्द अनि भाब चाहिँ मेरो।। उता बाट म्यासेज सिन मात्रै भयो।। रिप्लाई आएन। उ अफलाईन भइ। डर लाग्यो कताकता। भोलि उस्को सामुन्ने कसरी पर्ने होला ? ह्या जे होला होला, १ मनले भन्यो, बोल्नै छाडिभनेनी दिमागले भन्यो। दिमाग र मनको लडाईमा हारेको त म थिएँ घाईते योद्धा।। प्रेमको योद्धा।।।
         जेठको २स्रो साता, गएको दिनको जस्तै सामान्य लागि प्रतीक्षा। यस्तो लाग्दै थियो कि उस्ले मेरो प्रेम प्रस्ताब पढेकी नै छैन या भनुम देखेकिनै छैन। उस्तै ब्याबाहार, फरक २० बाट १९ भए थिएन । कसरी हुन सक्छ यस्तो।। मेरो आँखाले त फेल खाएन। प्रतीक्षा उहीँ थिइ, म्यासेज उहीँ थियो अनि फरक म।। डराएको , हराएको अनि बाकी अरु के के हो के के।  मेरा म्यासेजहरुको रिप्लाई उस्ले दिनै छाडि।  १० दिन २० दिन, कलेजमा सामान्य बात चित तर म्यासेन्जरमा बन्द सरह।।  तर १ दिनको म्यासेजको कुरा करिब करिब २१ वटा म्यासेज सिन गरेर उस्ले छाडेपछी
       मैले भनेँ:- अरु त बुझेँ, तर हप्तादिन सम्म पनि म्यासेज सिन गरेर रिप्लाई नगर्नु को रिजन के नि??? 
उ स्माईलिको ईमोजि संगै लेख्छे:- आनन्द नै तेस्मा छ नै।। म्यासेजको रिप्लाई नगर्नु,आनन्दको पहिलो क्षण ,  अनि सिन गरेर पनि रिप्लाई नगर्नु, आनन्दको बेग्लै लेभल।।
उस्को कुराले खुसी हुँ वा दुखी, केहि मेसो पाईन।। उ अलिकती तड्पाउन चाहान्थी मलाई वा मायाको परिक्षा लिन चहान्थी।। तर यो कुरा सत्य थियो कि म उस्को प्रेममा चुर्लुम्म डुबेको थिएँ।।  दुईवटा कुराको अप्सन आफ्से आफ तेहा आईपुगे, यात डुबेर मरुँ या उस्लाई लिगेर आगो ताप्नको निम्ति आगोको खोजिमा हिडुँ।। असारे बिदा सकिएर पुन कलेज सुरु भैसकेको थियो। उस्लाई नि मसित प्रेम बस्यो कि नाइँ, त्यो मलाई थाहा पाउन मुस्किल नै परेको थियो।। उस्को निम्ती Environmental Science पनि मज्जैले पढिरहेको थिएँ।। उस्ले सम्झाएका बुझाएका किताबका कुराहरु दिमागले छिटो टिप्न थालिसकेका थिए। म Chemistry को बिहानी सत्रको विद्यार्थी कसरी दिउँसो सत्रको हुन थाले पत्तै पाईन।। प्रथम बर्सको फर्म खुल्दा पो थाहा पाएँकी, मलाई Chemistry को पनि परिक्षा दिनु छ भन्ने कुरा।। परिक्षाको लागि फोकस गर्नै नसक्ने भैसकेको रैछु।। Environment science एक्दम कन्ठस्त भैसकेको थियो तर परिक्षा त मैले बेग्लै को दिनु थियो।। मलाई भाद्र सम्म नि थाहा थिएन कि म बिहान पनि कलेज पढ्न आउँछु अनि मेरो बिसय उसँग मिल्दैन भन्ने कुरा।। साराकुरा उस्लाई बताउदा त उ म  शीत रिसले हो कि २ दिन सम्म फर्केर पनि हेरिन।।।

प्रथम बर्सको परिक्षा लगतै म लगायत सबै साथीहरू सँगै प्रतीक्षा, अन्जली अनि सन्ध्या पनि घर तर्फ लाग्यौं।।  महिना दिनको छुट्टि काट्न निकै मुस्किल पर्योनै।।  म्यासेज सिन गरेर रिप्लाई नगरेको भएर मैले पनि उस्लाई म्यासेज अर्नै छाडिदिएको थिए। उही पुरानै अन्जान भएका थियोउँ उ र म।। मेरो प्रेम प्रस्ताब उस्लाई मन नपरेको जस्तो लाग्यो मलाई।। घृणा नै गर्थी भने, माया गर्दिन भनेर ब्लक हानेको भएपनि कुरा सकिने थियो, न उस्ले ब्लक नै गरि न म्यासेज नै रिप्लाई । सम्बन्धको अन्कन्टर भुमरिमा रुमली रहेको थिएँ।। दुरिले उ यक्दमै नजिक थिइ तर उस्ले मलाई मन बाट यति पर पुरायकी थिइकी मानौ अब मलाई फर्कनको लागि युग लाग्ने छ अनि फर्कुन्जेल उ अर्कैको भैसक्ने छ ।। अनि के फरक त, म फर्कनु वा नफर्कनुमा।। उस्लाई देख्न मन थियो, भेट्न मन थियो तर उस्को बेमतलबले निकै नै नमज्जा लागेको थियो।।
           छठपर्बको दिन, मोबाईलमा घन्टि बज्यो, प्रतीक्षाको कल रहेछ।।।


..........to be continued..☺️☺️☺️

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया