header 2
Sagar Adhikari
"पात्रो"
Sagar Adhikari

 

अाइतवार देखि शनिवारसम्म
वैशाखदेखि चैत्रसम्म
अाैँसिदेखि पूर्णिमासम्म
एकादशिदेखि दशमिसम्म
विध्यार्थि, शिक्षक कर्मचारिकाे विदादेखि
पुराेहितकाे सिदासम्म
जन्मपछि न्वारनदेखि
मृत्युपछिकाे दाहसंस्कारसम्म
कर्म चलाउनेदेखि
गृहस्थि बसाउने सम्म
तपाँईले 
अाेल्टाएर पल्टाएर 
हरेक क्षण 
पटक पटक
दाेहाेर्याइ तेराई सयाैँ पटक 
हेर्नुभएकाे 
मै हुँ 
पात्राे 

तपाँईकाे भित्तामा
झुण्डिन पाउने 
अन्तिम दिन 
अब मेराे वासस्थान
तपाँईकाे खाटमुनि हुनसक्छ 
चटपटेवालिकाे चटपटे बेच्ने भाँडाे हुनसक्छ
बुढिअामाकाे अागाे सल्काउने वस्तु हुन सक्छ 
तपाँईकाे घर नजिकैकाे खाेला हुनसक्छ 
वा भनाैँ कुनै सार्वजनिक ठाउँ हुनसक्छ 
वर्षभरि तपाँईलाई साथ दिएकाे म 
अाफ्नाे अनिश्चित अन्त्यकाे पिरलाेले 
अात्महत्या गर्दैछु 
तपाँईकै भित्तामा झुण्डिएर 
नयाँ वर्षकाे अागमनसँगै 
तपाँईका मुहारका हर्षदेखेर 
विगत वर्षहरुझै नहुन जिन्दगि 
कामना मात्र गर्नसक्छु म 
पात्राे 

मलाई फेरे जसरि
सम्बन्धहरु नफेर्नुहाेला 
छाेडिएका , ताेडिएका सम्बन्धहरु 
याद बनेर तपाँईकाे मानसपटलमा
बाँचिरहेका 
ती पलहरुले 
अब धेरै बेर घरकाे न घाटकाे भएन 
बाँचिरहनु नपराेस 
मलाई चटक्कै माया मारेजस्तै 
नयाँ तिथि र मितिका साथ
तपाँईकाे जिन्दगि फेरियाेस 
नकारात्मक बाट सकारात्मक साेच हाेस 
मान्छेले मान्छेलाई मान्छे देखुन 
मान्छेभित्रकाे मानवता देखियाेस 
तपाँईकाे खुसिकाे लागि 
सहयाेगि बन्न सकाेस 
अाँउदै गरेकाे तपाँईकाे नयाँ
पात्राे । 

दीपक नेपाल 
२०७७/१२/३१
बेलकाेटगढि नगरपालिका वडा नं ७ रातमाटे नुवाकाेट

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया