header 2

तनहुँको सामुदायिक वन बाट चितुवा नियन्त्रणमा

Sagar Adhikari
तनहुँको सामुदायिक वन बाट चितुवा नियन्त्रणमा
Sagar Adhikari

३१ चैत, तनहुँ । तनहुँको व्यास नगरपालिका–५ शेरा सामुदायिक वनबाट आज चितुवा नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिएको हो ।


कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए । महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । अन्दाजी ३५÷४० केजी रहेको उक्त चितुवा वृद्धावस्थाको छ ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया