header 2

कपिल शर्माले आफ्नो प्रशंसक लाई दिए यस्तो जवाफ

Sagar Adhikari
कपिल शर्माले आफ्नो प्रशंसक लाई दिए यस्तो जवाफ
Sagar Adhikari

काठमाडौँ । चर्चित भारतीय हास्य अभिनेता कपिल शर्मा बुवा बनेपछि गत फेब्रुअरीदेखि घरमै छन्। छोरा जन्मेपछि बिदामा बसेका उनको लोकप्रिय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ को प्रसारण प्रभावित भयो।

टेलिभिजनमा भेट्न नपाए पनि घर बसेका बेला आफ्ना प्रशंसकसँग जोडिन उनले हालै ट्विटरमा ‘आस्क मी एनिथिङ’ सेसन चलाए। सेसनमा उनले आफ्ना प्रशंसकहरुको प्रश्न र जिज्ञाशा रमाइलो शैलीमा दिएको डिएनए इन्टरटेनमेन्टले छापेको छ।

सेसनमा कपिलसँग काम गर्ने रहर गरेका एक जना प्रशंसकले उनलाई भने, ‘म तपाईंसँग काम गर्न चाहन्छु सर। के मलाई मौका दिनुहुन्छ?’
जवाफ दिने क्रममा कपिलले आफ्नो चिरपरिचित शैलीमा ठट्टा गर्दै भने, ‘अहिले त म आफैं पनि घर बसिरहेको छु, ब्रदर।’ उनको जवाफको आसय थियो- आफैं घरमा बस्नुपरेको बेला अरुलाई कसरी काम दिनू?

सेसनकै बेला कपिललाई प्रश्न सोध्नेहरुमा गायिका चर्चित गीत ‘जिया रे’ की गायिका नीति मोहन पनि थिइन्। उनले कपिललाई छोराको नाम बताउन आग्रह गरिन्। कपिलका अनुसार उनको परिवारले छोराको नाम त्रिशान राखेको छ।
एजेन्सी

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया