header 2

नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु, थपिए २६६ संक्रमित

Sagar Adhikari
नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु, थपिए २६६ संक्रमित
Sagar Adhikari

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।

२६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार थपिएका २६६ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ पीसीआर परीक्षण भएका छन् ।

यस्तै, २४ घण्टामा १०२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । १ हजार ८ सय ३२ जना आइसोलेसनमा र ६४ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ८९ हजार ८ सय २४ पीसीआर परीक्षण भएका छन् ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया