header 2

गोरखामा जीप दुर्घटना २ को ज्यान गयो,७ घाईते

Sagar Adhikari
गोरखामा जीप दुर्घटना २ को ज्यान गयो,७ घाईते
Sagar Adhikari

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा शनिबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

सुलिकोट ४ को राङरुङमा शनिबार साँझ ६ बजे ना ५ च ३२९८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न सकेको छैन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

बारपाकमा भ्रमण गरेर फर्केका लमजुङका यात्रु चढेको जीप सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया