header 2

स्थानीय तहको निर्वाचन खर्चमा अर्थले गर्‍यो व्यापक कटौती, आठ अर्ब ११ करोड बजेट स्वीकृत

Sagar Adhikari
स्थानीय तहको निर्वाचन खर्चमा अर्थले गर्‍यो व्यापक कटौती, आठ अर्ब ११ करोड बजेट स्वीकृत
Sagar Adhikari

स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले आठ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि यसपालि आठ अर्ब ९५ करोड २९ लाख रुपैयाँ बजेट माग गरेको थियो। तर, अर्थ मन्त्रालयले ८४ करोड रुपैयाँ घटाएर स्थानीय तहको निर्वाचन खर्च स्वीकृत गरेको हो। आयोगको फागुन ९ गते बसेको बैठकले यसपालिको स्थानीय तहको निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख बजेट खर्च हुने अनुमान गरेर पठाए पनि अर्थ मन्त्रालयले घटाइदिएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट आठ अर्ब ११ करोड बजेट खर्चको स्वीकृति दिएको बताए। 

आयोगका अनुसार गत स्थानीय तहको निर्वाचनमा आठ अर्ब १५ करोड खर्च भएको थियो। विगतमा हुँदै आएको खर्चमा व्यापक कटौती गरी बजेट स्वीकृत गरिएको अर्थ मन्त्रालयले जनाएको छ। 

आगामी वैशाख ३० गते देशभरिका ७५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ। 

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया