
सरकारले अनलाइन टेलिभिजन युट्युबसहितका डिजिटल माध्यमबाट हुने प्रसारणका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावलीमा १९औँ संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रसारणको नियमन गरेको हो । राजपत्रमा प्रकाशित भइसकेको नियमावलीमा इन्टरनेटमार्फत नियमित रूपमा श्रव्यदृश्य कार्यक्रम प्रसारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनका रूपमा व्याख्या गरिएकोको छ।
नयाँ व्यवस्थासँगै अब आफैँले उत्पादन गरी प्रसारण गर्ने अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिनका लागि पाँच लाख रुपैयाँ तिर्नुपर्ने छ ।
प्रतिक्रिया