
संसद्मा एमसीसी टेबल भइसकेदेखि नै थालिएको एमसीसी विरुद्धको प्रदर्शनालाई आइतबार पनि निरन्तरता दिइएको हो । बानेश्वरमा एमसीसी लागू गर्न नहुने भन्दै विभिन्न दलमा आबद्ध भ्रातृ संगठनहरुले प्रदर्शन गरेका छन् । बानेश्वर क्षेत्रमा माओवादीनिकट कार्यकर्ताहरुले केहीबेर नाराबाजी गरेर फर्किएका छन् । राप्रपाले भने प्रदर्शनलाई जारी राखेको छ । आइतबार भने यसभन्दा अघिका एमसीसी विरोधी प्रदर्शनमाझैं प्रदर्शनकारीहरु पनि निकै कम देखिएका छन् । आजै संसद्बाट एमसीसी अनुमोदन गर्ने तयारी भइरहेकाले बानेश्वर क्षेत्रको सुरक्षा पनि निकै बढाइएको छ ।
आइतबार बिहान बसेकाे सत्ता गठबन्धन बैठकले सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नमा सरकारले जवाफ दिएपछि प्रतिनिधिसभामा दोस्रो बैठक राखेर पारित गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया