header 2

टी-२० विश्वकप छनोटमा क्यानडासँग भिड्दै नेपाल

Sagar Adhikari
टी-२० विश्वकप छनोटमा क्यानडासँग भिड्दै नेपाल
Sagar Adhikari

आइसिसी टी-२० विश्वकपअन्तर्गत नेपालले समूहको अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ। यसअघि समूह चरणका सुरुवाती दुवै खेलमा जित निकालेको नेपालले आज दिउँस ३:४५ बजे अल अमेरतमा क्याडनासँग भिड्न लागेको हो। नेपालले पहिलो खेलमा उत्कृष्ट जित निकाल्ने क्रममा घरेलु टिम ओमानमाथि ३९ रनको जित निकालेको थियो।

दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले हरायो। 

नेपाल ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको क्यानडा र तेस्रो स्थानको ओमानको समान २-२ अंक छ।

४.३७ रन रेट रहेको नेपालका लागि सेमिफाइनलमा स्थान पक्का गर्न अब क्यानडाविरूद्ध जित हात पारे पर्याप्त हुनेछ।

 

कसैगरी हार बेहोरे पनि नेपाल अन्तिम चारमा पुग्न सक्छ। क्यानडासँग थोरै अन्तरको हारले नेपाललाई फरक पर्नेछैन।

यता अंक तालिकाको दोस्रो स्थानमा रहेको क्यानडालाई अन्तिम चारमा पुग्न नेपाललाई फराकिलो अन्तरको पराजित गर्नु पर्नेछ।

यता ओमानलाई पनि अन्तिम चारमा पक्का गर्न फिलिपिन्सलाई हराउनु पर्ने हुन्छ। ओमान पराजित भएको अवस्थामा भने नेपाल सिधैं सेमिफाइनलमा पुग्नेछ भने क्यानडाको बाटो खुल्नेछ।

यद्यपी समूहमा कमजोर मानिएको फिलिपिन्सले ओमानलाई हराउने सम्भावना न्यून छ। यसका कारण ‌ओमानभन्दा क्यानडा दबाबमा हुनेछ।

ओमानमा जारी टी-२० विश्वकप छनोट प्रतियोगितामा  समूह ‘ए’ मा नेपालसहित ओमान बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्। 

समूह ‘ए’ लाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।

समूह १ र  २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

नेपाली टिम 
सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, मोमहद आरिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेशबहादुर बम, सागर ढकाल, गुल्शनकुमार झा

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया