header 2

झलनाथ खनालले अब कुनै कार्यकारी पद नलिने 

Sagar Adhikari
झलनाथ खनालले अब कुनै कार्यकारी पद नलिने 
Sagar Adhikari


भदौ-१४,काठमाण्डौ । भर्खरै भारतमा मृगौला प्रत्यारोपण गरेर फर्किएका एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो बाँकी जीवन राष्ट्रियता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनप्रति समर्पित गर्ने बताएका छन् । भारतको एपोलो अस्पतालमा उपचार गराएर फर्किएका वरिष्ठ नेता खनालले आफ्नो जीवन ‘बोनस’को जीवन भएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताए । 

आफ्नो लिखित वक्तव्य अरूलाई पढ्न दिएका खनालले आफू बाँकी जिवनमा कुनै कार्यकारी पद नलिने पनि घोषणा गरेका छन् । “यसै पनि ७१ वर्ष पार भएको छु । अब मेरो बाँकी जीवन बोनसको जीवन हो,” खनालले भने, “त्यसैले मेरो बाँकी जीवन देश, राष्ट्रियता, लोकतन्त्र र नेपाली मोडलको समाजवाद निर्माणमा लगाउँछु ।” 

 

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया