
भदौ-५,वीरगंज । लघुकथा समाज नेपालको १३ औं वार्षिकोत्सवको अवसर पारेर समाजको प्रदेश नम्बर दुई समितिले विचार गोष्ठीको आयोजना गर्यो । शुक्रबार वीरगंजमा आयोजना गरिएको उक्त लघुकथा विचार गोष्ठीमा लघुकथा लेखनमाथि विमर्श गरियो ।
कार्यक्रमका प्रमुख अतिथि लघुकथा समाजका केन्द्रीय उपाध्यक्ष साहित्यकार गोपाल अश्कले लघुकथाको विकास र यसको परम्परामाथि बोले । कार्यक्रममा सच्चिदानन्द सिंह, अनिलकुमार यादव, विनयराज गौतमले लघुकथाका विभिन्न आयामहरूका बारेमा बोले ।समाजको प्रदेश समिति २ का अध्यक्ष डा.विश्वम्भरकुमार शर्माले निकट भविष्यमै लघुकथा लेखन कार्यशाला गोष्ठी गरिने जानकारी गराए ।
प्रतिक्रिया