header 2

महन्थ ठाकुर र माधव नेपालको पार्टीलाई निर्वाचन आयोगले सनाखतका लागि बोलायो

Sagar Adhikari
महन्थ ठाकुर र माधव नेपालको पार्टीलाई  निर्वाचन आयोगले सनाखतका लागि  बोलायो
Sagar Adhikari


भदौ-४,काठमाण्डौ । आज बसेको आयोगको बैठकले माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्न लागेको हो ।

निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने निर्णय गरेको छ ।  भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको समय छुट्याइएको र सोही दिन दर्ता हुन सक्ने आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए । उनीहरुलाई नागरिकता सहित उपस्थित हुन भनिएको छ । प्रस्तावित दुवै पार्टीको नाम मिल्दोजुल्दो भएपछि अर्को नाम प्रस्ताव गरेका थिए ।

दल विभाजनसम्बन्धि अध्यादेश जारी भएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भएर बुधबार नयाँ दल दर्ताको निवेदन आयोगमा परेको थियो ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया