header 2

चलचित्रकर्मीलाई खोप लगाउने स्वास्थ्य मन्त्रालयको प्रतिबद्धता

Sagar Adhikari
चलचित्रकर्मीलाई खोप लगाउने स्वास्थ्य मन्त्रालयको प्रतिबद्धता
Sagar Adhikari

साउन-१२,काठमाण्डौ ।  नेपाल चलचित्र कलाकार संघले कोभिड–१९ विरुद्धको  खोप लगाउन चलचित्रकर्मीहरुलाई आफ्नो विवरण पठाउन आग्रह गरेको छ ।

सरकारले चलचित्रकर्मीहरुलाई खोप लगाउने प्रवन्ध मिलाउने लिखित प्रतिवद्धता जनाएपछि कलाकार संघले विवरण माग गरेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउने अभियानमा संस्थावाट खोप लगाउने चलचित्रकर्मीको नाम, ठेगाना र उमेर उल्लेख गरी साउन १३ गतेभित्र विवरण पठाउन संघका अध्यक्ष रवीन्द्र खड्काले आग्रह गरेका छन् ।

“१५ गते खोप आए १६ गते र १६ गते खोप आए १७ गते खोप लगाउने स्वास्थ्य मन्त्रालयसँग सहमति भएको छ,” अध्यक्ष खड्काले भने, “त्यसैले १३ गतेभित्र विवरण पठाइदिन हाम्रो आग्रह छ ।” विवरण पठाउँदा १८ देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका नेपाली चलचित्रकर्मीको छुट्टा छुट्टै विवरण पठाई दिनसमेत उनले निर्देशक समाज, प्राविधिक संघ, द्वन्द्व निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र संघ लगायतलाई पत्राचार गरेको बताए ।

“खोप केन्द्र केहीदिनपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तोक्ने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यदि केन्द्रमा समस्या भए कलाकारहरुले भनेको ठाउँमा खोप लगाउने व्यवस्था गर्ने बताए,” उनले भने । अध्यक्ष खड्काका अनुसार करिब तीन हजार चलचित्रकर्मीले खोप लगाउने अपेक्षा छ ।  

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया