header 2

बाहिर गर्जिने भित्र लम्पसार परेर अपराध गर्ने छुट नयाँ सरकारलाई हुने छैन-गगन थापा

Sagar Adhikari
बाहिर गर्जिने भित्र लम्पसार परेर अपराध गर्ने छुट नयाँ सरकारलाई हुने छैन-गगन थापा
Sagar Adhikari

साउन-१२,काठमाण्डौ । नेपाली कांग्रेसका सांसद गगन थापाले बाहिर सिंहजस्तो गर्जिने तर भित्र लम्पसार पर्ने पुरानो सरकारजस्तो नयाँ सरकारलाई छुट नहुने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा थापाले यस्तो बताएका हुन् ।

“संसद्लाई हेप्ने अदालतलाई थर्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने,” थापाको भनाइ थियो, “स्थानीय सरकारलाई पंगु बनाउने जनताको दुहाई दिने तर आसेपासे पोस्ने बाहिर सिंहजस्तो जर्गिने भित्र लम्पसार पर्ने यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको अघिल्लो सरकार ।  नयाँ सरकारलाई यस्तो अपराध गर्ने छुट छैन ।” उनले संसद् पनि मनोमानि ढंगले स्थगित गर्न अब नदिइने समेत बताए ।

 

 

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया