texas above the header

सैनिक पार्किङ्ग क्षेत्रमा सुत्न बाध्य भएको प्रति बाइडेनले मागे माफी

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेशनल गार्डका केही सुरक्षाकर्मी संसद भवनको कार पार्किङ्ग क्षेत्रमा सुत्न बाध्य भएकोप्रति माफी मागेका छन्।

जनवरी ६ मा भएको हिंसात्मक आक्रमण तथा त्यसपछिको सुरक्षा जोखिमलाई लिएर संसद भवनमा नेशनल गार्डका सुरक्षाकर्मी तैनाथ भएका छन् । त्यहाँ तैनाथ मध्ये केही सुरक्षाकर्मी अण्डरग्राउण्ड कार पार्किङ्ग क्षेत्रमा सुत्न बाध्य भएको

र त्यसको तस्बिर सार्वजनिक भएको थियो ।

बिहीबार सार्वजनिक भएको तस्बिरमा संसद भवन नजिकै रहेको पार्किङ्ग गराजमा आराम गर्न सैनिक बाध्य भएको देखिएको छ । सांसदहरु फर्किएपछि सैनिकले आरामका लागि गराज प्रयोग गरेका हुन् ।

सो घटनाले सर्वसाधारणसँगै राजनीतिज्ञ पनि आक्रोशित भएका छन् । केही राज्यका गभर्नरहरुले सो विवादपछि आफ्ना सैनिक फिर्ता बोलाएका छन् ।

प्रथम महिला डा. जिल बाइडेनले सुरक्षाका लागि नेशनल गार्डले गरेको कामको सम्मानका लागि केही सैनिकलाई भेटेकी छन् । उनले आफ्नो साथमा केही बिस्कुट पनि लिएर गएकी थिइन् ।बिहीबार सैनिकहरु पार्किङ्ग गराजमा सुत्न बाध्य भएको तस्बिर भाइरल भयो र धेरै आक्रोशित भए। आधारभूत सुविधाको अभावसँगै कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै चासो र चिन्ता तथा आक्रोश व्यक्त भएको हो ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया