texas above the header

ओलीको अस्तित्व समाप्त भइसक्यो : भिमसेनदास प्रधान

काठमाडौं, तारकेश्वर नगरपालिका माघ ३ । नेपाली काँग्रेसका नेता भिमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा सहिछाप लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रघात गरेको भन्दै तीव्र आलोचना गरेका छन् । नेपाली काँग्रेस तारकेश्वर नगरकमिटिले शनिवार धर्मस्थलीमा आयोजना गरेको विरोध र्याली र सभामा नेता प्रधानले ओली सरकारको आलोचना गरेका हुन् ।

केपी ओलीले तत्काल संसद विघटन फिर्ता लिएर संसद पुनस्थापना गरेमात्र उनको अस्तित्व नेपाली राजनीतिमा रहने नेता प्रधानको भनाइ छ । तारकेश्वर नगरकमिटिले काँग्रेस केन्द्रको निर्णय अनुसार शनिवार लामबगरको शिवमन्दिरबाट बाजागाजासहित नगरपालिकाको कार्यालय हुँदै धर्मस्थली बजार पुगेर विरोध सभा आयोजना गरिएको हो । विरोध कार्यक्रममा काँग्रेस जिल्ला सभापति सवुज (कृष्ण) बानियाँ, काठमार्डौं क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी , नेपाली कांग्रेस संघीय मामिला तथा प्रदेश समन्वय बिभागका केन्द्रिय सदस्य एव प्रदेश सभा उम्मेदवार विष्णुभक्त तिमिल्सिना, नगर सभापति श्रीराम थापा, महासमिती सदस्य, महाधिवेशन प्रतिनिधि लगायतका नेता कार्यकर्ता सहभागी थिए।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया

  • Nikhil Adhikari
    १ महिना पहिले
    जयनेपालको राष्ट्रिय अभिवादन !