texas above the header

काठमाडौं क्षेत्र नं ६ को विभिन्न स्थानमा नाराबाजी सहित प्रदर्शन

 काठमाडौ क्षेत्र न ६ ले ससंद विघटनका विरुद्ध सोमबार विरोध प्रदर्शन गरेको छ । तारकेश्वर नगरपालिका र काठमाडौं क्षेत्र नं ६ को विभिन्न स्थानमा नाराबाजी सहित प्रदर्शनमा उत्रिएका काँग्रेस कार्यकर्ता वडा न १० लोकतान्त्रिक चोकमा जम्मा भएका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस नेता एवं पूर्वमन्त्री भिमसेन दास प्रधानले प्रधानमन्त्री केपी

शर्मा ओलीले लोकतन्त्रमाथि बेइमानी गरेको र जनमत लाई धोखा दिएको आरोप लगाए । कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौ जिल्लाका सभापति सबुज बानियाँले अब प्रतिगामी कदमविरुद्ध काङ्ग्रेसले सशत्तः आन्दोलन गर्ने उद्घोष गरे । नेपाली काङ्ग्रेस केन्द्रिय संघीय मामिला तथा प्रदेश समन्वय बिभाग सदस्य तथा प्रदेश सभा उम्मेदवार नेता बिष्णुभक्त तिमिल्सिनाले संसद विघटनले जनमतको अवमूल्यन भएको बताए । अर्को एक प्रसंगमा नेता तिमिल्सिनाले स्थानीय सरकारमा पनि पछिल्लो समय भ्रष्टचार मौलाएको भन्दै स्थानीय तहका जनप्रतिनिधिको पनि दिनगन्ति सुरु भएको टिप्पणी गरे । कार्यक्रममा काठमाडौ महानगरकी उपमेयर हरिप्रभा खड्गी, नेपाली काङ्ग्रेस क्षेत्र नं ६ क्षेत्रीय सभापति श्याम कृष्ण खडगी,प्रदेश सभा ६(ख) सभापति चन्द्रराज न्यौपाने लगायत नेताले ससंद विघटन विरुद्ध आन्दोलन चर्काउनुपर्ने धारणा राखे। कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको  सुजित तिमिल्सिनाले firewoods daily लाई जानकारी दिए।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया