texas above the header

छातीमा ‘हामी यहाँ छौं’ टाँसेर माइतीघरमा बसे प्रचण्ड-नेपाल

प्रतिनिधि सभा पुनर्स्थापना गर्न माग प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। शुक्रबार बिहान ९:३० बजेदेखि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन्।

उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ। उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ

छौं’ लेखेर टाँसेका छन्।

उनीहरू कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्। प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ। प्रदर्शनमा सहभागीहरूले 'प्रतिनिधि सभा विघटन खारेज गर', 'संवैधानिक कू मान्दैनौं'जस्ता नारा लगाएका छन्। प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्न दलहरूले माग गरिरहेका छन्।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया