
चुनावमा हामीले दुई तिहाइ ल्याउनुपर्छ: प्रधानमन्त्री केपी शर्मा ओली
संसद पुनर्स्थापना हुँदैन, चुनावमा हामीले दुई तिहाइ ल्याउनुपर्छ, फुटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले केहीले भनेजस्तो सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना नहुने बताएका हुन्। बैठकमा सहभागी केन्द्रीय सदस्य खिमलाल
भट्टराईका अनुसार ओलीले केन्द्रीय सदस्यहरूलाई चुनावमा केन्द्रित हुन पन निर्देशन दिएका छन्। यसअघि गत आइतबार ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका थिए।
प्रतिक्रिया