texas above the header

अचानक संसद् विघटनपछि नेपाली सेना पनि छलफलमा

काठमाडौं: देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली सेनाले आन्तरिक छलफल गरेको छ।

सैनिक मुख्यालयमा पृतनापति सहितको उच्च सैनिक अधिकृतहरूको बैठकमा छलफल भएको हो।नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले पीएसओ बैठक नियमित भएको त्यसमा ’सधैँजस्तै देशको पछिल्लो परिस्थितिले प्रवेश पाउनु पनि स्वाभाविक’ भएको बताए।

उनले भने, “शान्ति सुरक्षाको स्थितिलाई नजिकबाट नियाल्न पहिले

पनि निर्देशन दिने गरिएको थियो। पछिल्लो स्थितिमा पनि कतै जुलुसहरू निस्किने लगायतका क्रियाकलाप हुनसक्ने र त्यसमा प्रहरी र सशस्त्र प्रहरीको भूमिका हुने गरेकोमा स्थानीय प्रशासनको सहकार्यमा आवश्यक परे नेपाली सेनाले सहयोग गर्दै आएको छ।“ -बीबीसी नेपालीबाट 

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया