texas above the header

जेभियरले आयोजना गरेको मोडल युनाइटेड नेशसन कार्यक्रम सम्पन्न

काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको मोडल युनाइटेड नेशसन कार्यक्रम आइतबार सम्पन्न भयो । तीन दिनसम्म चलेको उक्त कार्यक्रममा ११ देशका डेलिगेट्स सहभागी थिए । कार्यक्रममा नेपालीसहित पाकिस्तान, बंगलादेश, लाइबेरिया, केन्या, अफगानिस्तान, फिलिपिन्स, मलेसिया, भारत, इजिप्ट र तान्जिनियाका डेलिगेट्स सहभागी थिए ।

कार्यक्रममा विशेष

अतिथिका रुपमा युनाइटेड नेशन सेक्रेटरी जर्नल जयथामा विक्रमासिंगेको सहभागिता थियो । पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गत शुक्रबार उद्घाटन गरेको कार्यक्रमका अतिथि कलेजका प्रिन्पिसल तथा सल्लाहकार लोकबहादुर भण्डारी, गोपाल भण्डारी र दिपेन दाहालको सहभागिता थियो ।

डेलिगेट्सलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. महतले विभिन्न ११ देशका डेलिगेट्सलाई सम्बोधन गरेका थिए । यो महामारीका बीचमा अनलाइनमार्फत् सञ्चालन भएको कार्यक्रमले एउटा सकरात्मक सूचना प्रवाह गर्ने माध्यम बनाउनुपर्ने बताए । उनले युवाहरुलाई हौसला अभिवृद्धि गर्दै एकअर्काको रितिरिवाज, संस्कृति बुझी सम्मान गर्न सकेभने त्यसलाई सकरात्मक सन्देश दिने बताए

 

जेभियर इन्टरनेशनल कलेजका प्रिन्सिपल भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व विकास र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा जानकारी लिन सहयोग पुग्ने बताए । डा. रामबाबु ढकाल, डा. विपिन अधिकारी, माधव ढुंगेल, कोशराज न्यौपाने, प्रेमराज जोशी र प्रिया सिग्देलले कार्यक्रममा सम्बोधन गरेका थिए ।

शुलभराज बरालले सञ्चालन गरेको उक्त कार्यक्रमकालाई नियोन इट्रेड, चिया नोटबुकले प्रायोजन गरेका थिए । कार्यक्रमको एजुकेशन पार्टनर इस्टडी प्लानेट एजुकेशन नेटवर्क, प्लेटफर्म पार्टनर जिनिस क्लाउड एकेडेमी र रणनीतिक पार्टनरका रुपमा फायरवर्ड मिडिया प्रा.लि. रहेको थियो । कार्यक्रममा मिडिया पार्टनरको रुपमा राजधानी डेली डटकम रहेको थियो ।

 

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया