texas above the header

डा. के. सीको समर्थनमा प्रदर्शन र प्रहरी प्रशासनको दमन

दमक/झापा।। आज डा. के. सीको समर्थनमा प्रदर्शन भएको छ । युवाहरुको समुहले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित उपस्थित भएर विरोध जनाएका छन् ।

दमकको आकाशे पुल मुनि लामबद्ध भएर उनीहरुले प्रदर्शन गरेका छन् साथै कदम थिएटरका कलाकारहरुले नाटक समेत प्रदर्शन गर्नुभएको थियो। कार्यक्रम चलिरहदा बिचमै प्रहरीहरुले दमन र हस्तछ्यप गर्न खोजे

पछि युवाहरु आक्रोशित भएका थिए।

डा. के. सीको माग जाहेज रहेको र यो लोकतान्त्रिक मुलुकमा आफुले सत्यको पक्षमा उठेर आवाज समेत उठाउन नपाएकोमा सहभागी युवाले दुख बेक्त गर्नु भयो। येसरी प्रहरी प्रशासनले दमन गर्न नपाउने र डा. के. सीको माग चाडो भन्दा चाडो पास गर्नुपर्ने भनी उल्लेख समेत गर्नु भयो ।

उनीहरुले मेडिकल माफिया बारे बोल्नै पर्छ भन्दै आम नागरिकलाई खबरदारी गर्दै प्रहरी प्रशासनको दमनमा आवाज उठाउदै नारा र पोस्टर सहित अडिक भएर प्रदर्शन कायमनै राखेका थिए। उनीहरुले बोकेको प्लेकार्डको नाराहरु: सत्ता आउँछ पटकपटक, डा. केसि आउँछन एकपटक, न्याय मर्न नदेउ, तिम्रो मनोमानी कहिलेसम्म?

पछिल्लो क्रममा डा के सीको समर्थन मा देशभरी नै प्रदर्शन हुँदै आएको छ भने दमकका युवाहरुले अब माग पुरा नहुन्जेल सम्म दिनहु प्रदर्शन जारी राख्ने र हस्ताक्ष्यर संग्कलन गरि सम्बन्धित निकाय सम्म पुराउने प्रतिबद्धता जाहेर गरे।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया