texas above the header

स्कुटीमा सवार कांग्रेस सांसद प्रकाश स्नेहीलाई माइक्रोले दियो ठक्कर

नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको छ।

स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको हो। उनी घाइते छन्।

स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको नेविसंघ पूर्वकेन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए।

‘उहाँको खुट्टा र कुमनेर चोट छ,’ नेपालीले सेतोपाटीसँग भने, ‘स्कुटीमा अनामनगरतर्फ आउँदै

गर्दा उहाँलाई माइक्रोले ठक्कर दिएको हो।’

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया