texas above the header

व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी दिएका छन् ।

‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले एक सूचनामा लेखेका छन्

तर आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको उनले जानकारी दिए । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको बताए ।

केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन् ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया