
नेपालमा वैकल्पिक राजनीतिको क्षमता पुरानो राजनीति भन्दा नाजुक: दीप जैशी
दीप जैशी, २०७७ भदौ २१
राजनितिको नयाँ विकल्पको रूपमा चिनाउँदै आएका नयाँ राजनीतिक दलहरुले सुरुवात भन्दा जनताहरुको विश्वास गुमाउँदै गएको देखिन्छ। अहिले जनताले पुरानो नयाँ भन्दापनि ट्रेनिंग नेताहरुलाई बढी रुचाएको पाइन्छ। पुराना दलहरुले राजधर्म र राष्ट्रको वास्ता नगरिरहेको बेलामा , नयाँ दलले यो बाट पनि लाभ लान सकेन। जब कुनैपनि राजनीति गरी राखेको
दल वा व्याक्तिले राजधर्म बिर्सिएर राजनितिक पदको लोभ गर्दै छ भने त्यो दलले वा व्याक्तिले गर्दा देशको विकास समृद्धि,रोजगार जस्तो कुरा ट्रयाक बाहिर र देश गरिबी तिर जान्छ , त्यसको जिउँदो उदारहण हाम्रै देश नेपाल पनि हो।हामीलाई पुरानो तरिकाले राजनिती गर्नु छैन ।हामीले अहिले राजनीति गरिरहेका मान्छे भन्दा फरक तरिकाले राजनिती गर्न पर्छ भन्दै गर्दा नयाँ वैकल्पिक शक्ति चुकी रहेको देखिन्छ, हुन त के आवश्यक छ भने हामी देशभरी अहिले जरा गाडेर बसेका नेता र राजनीतिक दलले जति गरेको छन् त्यो भन्दा एक्स्ट्रा गर्छौ भन्न जरूरी देखिन्छ।
आफ्नै विचारमा आफै अलमल I
आफ्नै विचारमा आफै अलमली रहेका छन जस्तो कि गणतन्त्र ठीक कि राजतन्त्र, संघीयता ठीक कि एकात्मकता, हिन्दू राष्ट्र ठीक कि
धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति ठीक कि संघीय प्रणालीबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री जस्ता आधारभूत विषयहरु मा अलमल भएको पाइन्छ यस्ता खालका आधारभूत विषयहरुमा अलमल हुँदैगर्दा हामीले नयाँ राजनीतिक
विकल्पको नाममा कस्तो समाज र राष्ट्र को निर्माण गर्न खोज्दैछौ ?जस्ता ठुला प्रश्न चिन्हहरू खडा भएकाछन्।
प्रतिक्रिया
TwitterCo-COT
२ हप्ता पहिलेLamont
४ महिना पहिलेMAHADEV RAJ SHARMA
५ महिना पहिलेNepraj adhikari
५ महिना पहिले