
हाम्रो जीवन
सृजना न्याैपाने
कविता
हरेक उमङ्गले मलाई सोध्लान्, हरेक खुसिले मलाई खोज्लान्।
हरेक बसन्तले मलाई रोज्लान्,
हरेक बर्षाले मलाई कुर्लान्,
एक थोपा शीतमा अल्झिएको पल
जीवन कथाको एक पात्र बन्छ।
(यहि त हो हाम्रो जीवन, यहि नै हो हाम्रो जीवन)
अतित हरुलाई भुल्न नसकिने,
भबिष्य लाई हेर्दा केही नदेखिने।
हिजोका कुरा केवल यादमा छाउने,
जीवनरुपि रथ हेर खै के भेट्न धाउने।।
जीवनका हरेक मोडहरुलाई सम्झिँदा,
यादहरुमा गुञ्जिने गीत बन्छ
(यही त हो हाम्रो जीवन, यहि नै हो हाम्रो जीवन)
हरेक पलहरु जीउनु छ यहाँ,
एकबारको जीवन फेरि पाउनु छ कहाँ।
सुखदुःख अनि सङ्घर्ष हुन्छ जहाँ,
परिभाषा हुन्छ जीवन को त्याहाँ।।
हरेक उतारचढावहरु आउदै-जाँदै गर्दा,
जीवन एक अनाैठो उपहारको सङ्गम बन्छ
(यही त हो हाम्रो जीवन, यहि नै हो हाम्रो जीवन)
प्रतिक्रिया
Bhawani shankar adhikari
५ महिना पहिले